Welcome Guest!
twitter facebook rss

,

महिलालाई पुरुषको नागरिकता !

फलेवास (पर्वत), ९ जेठ । जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भीर त्रुटी पाइएको छ । दुर्लुङ गाविस–६ की माया गुरुङलाई दिइएको नागरिकतामा लिङ्ग परिर्वतन गरी महिलालाई पुरुष बनाएको पाइएको हो । आफू महिला भए पनि नागरिकतामा पुरुष लेखिएको थाहा पाएपछि गुरुङ चार वर्षपछि नागरिकता परिवर्तन गर्न जिल्ला प्रशासन कार्यालय पर्वत आउनुभएको हो ।  ‘महिलाको फोटो टाँसिएको र महिला भन्ने प्रमाणित हुँदाहुँदै नागरिकतामा ‘पुरुष’ लेखेर दिइएको छ’ उहाँले भन्नुभयो ।

गुरुङको २०४४ साल माघ १७ गते नागरिकता जारी गरिएको भए पनि २०६६ साल भदौ २९ गते प्रतिलिपि लिएको नागरिकतामा उल्लेख गरिएको छ । नागरिकतामा के लेखिएको छ भन्ने थाहा नभएको र हाल छोरीले विदेश बोलाएपछि पासपोर्ट बनाउन जाँदा बल्ल थाहा भएको गुरुङले बताउनुभयो । प्रतिलिपिमा २०६६ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जनकराज दहालले हस्ताक्षर गरेर दिएको नागरिकतामा ‘पुरुष’ लेखिएको हो । नागरिकतामा भएको पुरुष भन्ने शब्दले काम गर्न गाह्रो भएपछि प्रशासनमा लिएर गएको र नागरिकतामा गल्ती भएको देखेपछि एक कर्मचारीले हतारमा हातैले “म” लेखेर पठाएको गुरुङले बताउनुभयो । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीसँग सम्पर्क गर्दा मानवीय गल्ती भएको र त्यसलाई सच्याएर मिलाउन सकिने प्रतिक्रिया दिनुभयो । रासस


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide