Welcome Guest!
twitter facebook rss

,

निर्वाचन तोकिएकै समयमा हुन्छ–अध्यक्ष रेग्मी

काठमाडौँ,९ जेठ । मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले आगामी मङ्सिरभित्रै संविधानसभाको निर्वाचन गराउनका लागि सरकार प्रतिबद्ध रहेको दोह¥याउनुभएको छ । रिपोर्टस क्लबले आज बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष रेग्मीले निर्वाचन प्रयोजनकै लागि सरकार गठन भएकाले सो प्रयोजनका लागि आफू र आफू नेतृत्वको सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको हो । 
अध्यक्ष रेग्मीले भन्नुभयो, “सरकार एकलव्य भएर निर्वाचनमा केन्द्रित भएको छ, नेपाली जनताको चाहनालाई तोकिएकै समयमा पूरा गर्नु हामी सबैको दायित्व हो , यो दायित्वलाई हामी पूरा गर्छौ, त्यसमा सहयोग गर्न सबैलाई आग्रह पनि गर्दछु ।”
निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित सम्पन्न गर्न आफू एकदमै आतुर रहेको बताउँदै अध्यक्ष रेग्मीले मुलुकलाई सही राजनीतिक दिशा दिनु वर्तमान सरकारको दायित्व भएको पनि बताउनुभयो  ।  निर्वाचनका लागि सबै राजनीतिक दल तथा समूहलाई सहयोग गर्न आग्रह गर्दै उहाँले नागरिकको मताधिकारलाई सुनिश्चित गर्दै भय रहित रुपमा निर्वाचन सम्पन्न गर्नु सबैको दायित्व हो भन्नुभयो ।  उहाँले भन्नुभयो,‘हिजोको मूल्याङ्कन, आजको  समीक्षा र भोलिको सुन्दर भविष्यको खोजीकालागि हामी सबैको योगदानको आवश्यकता छ ।’ उहाँले निर्वाचनको सन्दर्भमा कुनै पनि आशङ्का नगर्न समेत सबैलाई आग्रह गर्नुभयो । रासस


हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide