Welcome Guest!
twitter facebook rss

,

आगामी निर्वाचनका बारेमा सरकार र दलहरुबिच छलफल ।।


२२ चैत्र, काठमाडौं । सरकारले विघटित संविधानसभामा प्रतिनिधित्व गरेका दलहरुसँग आगामी निर्वाचनका बारेमा छलफल गरेको छ । सिहदरबारस्थित योजना आयोगको हलमा बिहिबार भएको छलफलमा नयाँ निर्वाचनमा जाँदा एक प्रतिशत थ्रेसहोल्ड सीमा राख्ने विषयमा विवाद कायमै देखिएको छ । एकिकृत माओवादी लगायतका अधिकाँश साना दल एक प्रतिशत सीमाको विपक्षमा रहेपनि नेपाली काँग्रेस र नेकपा एमाले लगायतका दलहरुले सो प्रावधान आवश्यक रहेको बताएका छन् ।

बैठकमा सहभागी एकिकृत माओवादीका नेता कृष्णबहादुर महराले नियमित संसद्को निर्वाचन नभई संविधानसभाको निर्वाचन हुन लागेकाले यसमा धेरैभन्दा धेरै दल सहभागी हुने स्थिति भएमा आपत्ति नहुने बताउनुभयो । उहाँले एक प्रतिशत सीमाको विवादमा नलागी चाँडो निर्वाचनको मिति तोक्नुपर्ने धारणा आफूहरुले राखेको बताउनुभयो । नेता महराले अहिलेको निर्वाचनका लागि अत्यावश्यक विषयबाहेक नयाँ विषय समावेश नगर्न माग गरिएको जानकारी दिनुभयो । बैठकमा सहभागी नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजाल र एमालेका केन्द्रीय सदस्य अग्नि खरेलले संसारभर थ्रेसहोल्डको व्यवस्था हुने भएकाले सो प्रावधान अनिवार्य भएको बताउनुभयो । 

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide