Welcome Guest!
twitter facebook rss

,

पुदिना खानुका फाइदै फाइदा


6271_pudinal

पुदिनाको अचार सबैलाई मन पर्छ । अझ यो गर्मी मौसममा खानाको स्वाद बढाउन पुदिनाको उपयोग धेरैले गर्छन् । तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ ।
सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हर्ुकाउन सकिने पुदिनामा गर्मी खप्ने क्षमता हुन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् :
अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन् ।
निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ – यदि त्यसो हो भनि पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् ।
सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् ।
एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ ।
अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् ।
पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ । प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ ।
सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दर्ुगन्ध हट्छ ।
खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ ।
झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको समान मात्रा मिलाएर खाँदा फाइदा हुन्छ ।
न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide