Welcome Guest!
twitter facebook rss

,

ट्वान्टी ट्वान्टी कप क्रिकेटमा नेपाल १९ रनले विजयी ।।


१७ चैत्र,काठमाडौं । एसीसी ट्वान्टी ट्वान्टी कप क्रिकेटमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल १९ रनले विजयी भएको हो । जित सँगै नेपालको सेमिफाईनलमा पुग्ने सभवना बलियो भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य पछ्याएको मलेसिया २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४४ रनमा समेटियो । नेपालका कप्तान पारस खड्काको ८७ रनको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । ५४ बलको सामना गरेका उनले ३ छक्का र ११ चौका हाने । कप्तान खड्का म्यान अफ दि म्याच घोषित भए । यस्तै सुवास खकुरेलले २५ तथा विनोद भण्डारीले २० रन बनाए । अन्य व्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन । पृथु बास्कोटाले ७, शक्ति गौचनले ६, चन्द्र साउद र ज्ञानेन्द्रले समान २–२ रन जोडे भने सरद भेसवाकर १ रनमा नै पेभेलियन फर्किए । 
                                  प्रदीप ऐरीले भने रनको खाता नै खोल्न सकेनन् । यसैबीच आज भएको समूहको अन्तिम खेलमा पुल्चोकस्थित इन्जिनियरिङ मैदानमा हङकङले सिङगापुरलाई ३९ रनले हरायो । १ सय ९९ रनको चुनौती पछ्याएको सिंगापुरले ८ विकेट गुमाएर १ सय ५९ रनमात्र बनाउन सकेको थियो । हङकङले वकास बर्कतको अविजित ६९ र इर्फान अहमदको ६३ रनको मद्धतले ३ विकेटको नोक्सानीमा १ सय ९८ रन बनाएको थियो । यो समूहबाट सिंगापुर बाहिरिइसकेको छ । यता, कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा संयुक्त अरब इमिरेट्स युएई विजयी भएको छ । युएईले अफगानिस्तानलाई ६ विकेटले हराएको हो । १ सय ४४ रनको चुनौती युएईले ४ बल खेल्न बाँकी छँदै ४ विकेट गुमाएर पूरा गरेको हो । यो जितसंगै युएई सेमिफाइनलमा पुगेको छ । यता, पुल्चोक मैदानमा भएको अर्को खेलमा ओमानले बहराईनलाई ६ विकेटले हराएको छ । यसैगरी भोलि नेपाल र सिंगापुरसंगै अन्य तीन खेल हुनेछन । कीर्तिपुर मैदानमै बहराईनले युएईको सामना गर्दा पुल्चोक मैदानमा अफगानिस्तानले कुवेतको र मलेसियाले माल्दिभ्सको सामना गर्नेछ ।।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide