Welcome Guest!
twitter facebook rss

,

पूर्व अमेरिकी राष्ट्रपति काट र मन्त्रिपरिषदका अध्यक्ष खिरे बिच भेटवार्ता ।।


१७ चैत्र, काठमाडौं । नेपाल भ्रमणमा रहेका पूर्व अमेरिकी राष्ट्रपति तथा कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले शनिबार पनि उच्च स्तरिय राजनीतिक भेटवार्तालाई निरन्तरता दिनुभएको छ । ३ दिने भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नु भएका कार्टरले शनिबार अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग भेटवार्ता गर्नुभएको छ । भेटमा कार्टरले मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई सरकारको नेतृत्व गर्नुभएकोमा बधाई तथा शुभकामना दिंदै नेपालमा हुन गइरहेको संविधानसभाको निर्वाचनका बारेमा जिज्ञासा राख्नुभएको अध्यक्ष रेग्मीको निजी सचिवालयले जनाएको छ । 
        भेटका क्रममा अध्यक्ष रेग्मी र कार्टरबीच आसन्न संविधानसभाको निर्वाचनको सुनिश्चितता, चुनौती, निर्वाचनको बिरोध गरिरहेका केही पक्ष, ती पक्षहरुसँग सरकारले गर्न लागेको वार्ता, मतदाता नामावली सङ्कलनका क्रममा भएका अवरोध, ती अवरोध हटाउन सरकारले अपनाउने नीति, गठन हुन लागिरहेको सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतका विषयमा छलफल भएको थियो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले सरकारले आन्दोलनरत पक्षहरुसँग छलफल, वार्ता एवं परामर्श गर्न समिति गठन गरेको र विस्तारै वातावरण सहज हुँदै जाने विश्वास व्यक्त गर्नुभएको रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जानकारी दिनुभयो । कार्टरले मुख्य दलका शीर्ष नेता, निर्वाचन आयोग तथा नागरिक समाजका अगुवाहरुलाई भेट्ने कार्यक्रम रहेको नेपाल स्थित कार्टर सेन्टरले जनाएको छ । नेपालमा दोस्रो पटक हुन लागेको संविधानसभा चुनावका लागि निर्वाचन आयोग लगायतका निकायलाई गर्न सक्ने सहयोग र शान्ति अनुगमन गर्न नेपाल आउनुभएका कार्टरले हिजो राष्ट्रपति रामवरण यादवसँग भेट गर्नुभएको थियो । नेपाल भ्रमणपछि उहाँ म्यानमार जाने बताइएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide