Welcome Guest!
twitter facebook rss

,

एकिकृत नेकपा माओबादीको केन्द्रिय समिति २ सय ५० सदस्यीय हुने ।।


१७ चैत्र, काठमाडौं । एकिकृत नेकपा माओबादीले केन्द्रिय समितिको संख्या २ सय ५० बनाउने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको बैठकले केन्द्रिय समितिको आकार घटाउने निर्णय गरेको हो । गत सोमबार बसेको केन्द्रीय समितिको वैठकले १ सय ५१ सदस्यीय केन्द्रीय समितिलाई ३ सय ९९ सदस्यीय वनाउने अध्यक्ष प्रचण्डको प्रस्ताव पारित गरेपछि पार्टी भित्र तिब्र बिरोध भएको थियो । सो विवाद मिलाउन गत विहिबार बसेको पार्टीको पदाधिकारी बैठकले विभिन्न राज्य समिति र ब्यूरोसँग छलफल गरि केन्द्रिय समितिको आकार घटाउने पहल गरेको थियो । बैठकपछि पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले केन्द्रीय समिति विस्तारमा कार्यक्षमता, बरिष्ठता, महिला, मधेसी, दलित र पिछडिएको वर्गलाई समेटिने जानकारी दिनुभयो । आजको वैठकले संविधानसभा निर्वाचन लक्षित गर्दै एक महिने भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ । 
यसैबीच मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका तीनै नेतालाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज औपचारिक रुपमै पार्टी प्रवेश गराउनुभएको छ । पार्टी प्रवेश गरेका कृष्णध्वज खड्का, कुमार दाहाल र रेखा शर्मा आजको केन्द्रीय समितिको बैठकमा सहभागी भए ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide