Political News Tekman photo,
३३ दल भन्छन्, सरकारसँग वार्ता गर्दैनौँ ।
								Posted by Unknown
								Published on Saturday, March 30, 2013
१७ चैत्र, काठमाडौं । संविधानसभा चुनावको विपक्षमा रहेका साना ३३ दलले सरकारसँग वार्ता नगर्ने निस्कर्ष निकालेका छन् । माओवादी पार्टी कार्यलय बुद्धनगरमा शनिबार बसेको कार्यदलको बैठकले सरकारसँग वार्ता गर्नुको औचित्य नरहेको भन्दै सरकारले गठन गरेको वार्ता टोलीसँग छलफल नगर्ने निर्णय गरेको माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो । बैठकले चुनाव विरुद्ध यसअघि तय गरेका विरोध कार्यक्रमलाई सशक्त बनाउने निर्णय गरेको प्रवक्ता भुषालले बताउनुभयो । सरकार गठनमा ११ बँुदे सहमति गरेका प्रमुख दलहरुसँग वार्ता गर्न सकिने तर त्यसका लागि नयाँ सहमति गर्नुपर्ने विषयमा भने ३३ दल एकमत देखिएका छन् ।	 
यसैबीच, नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्य किरणले दलहरुकै नेतृत्वमा सरकार गठन भए मात्रै आफुहरु निर्वाचनमा सहभागी हुने बताउनुभएको छ । अखिल क्रान्तिकारी सुकुम्बासी संघको दोस्रो राष्ट्रिय सम्मेलनको भक्तपुरमा आज उद््घाटन गर्दै अध्यक्ष किरणले अहिलेकै अवस्थामा सरकार र चार दलले बोलाएको बार्तामा समेत सहभागी नहुने अडान दोहो¥याउनुभयो । चार शक्तिको सिण्डिकेट खारेज गर्नुपर्ने भन्दै उहाँले सबै दल सँगै बसेर सहमति गर्ने हो भने, सोच्न सकिने बताउनुभयो । अन्तरिम चुनावी सरकारले गरेको निर्वाचनको कुनै औचित्य नरहेको भन्दै उहाँले चुनाव बिथोल्न नयाँ संघर्षको तयारी भइरहेको समेत बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

