National news,
पाँच अर्ब ११ करोड अनुदान सहयोग उपलब्ध गराउने
								Posted by Unknown
								Published on Monday, March 11, 2013
बेलायत सरकारको विकासका लागि अन्तर्राष्ट्रिय विभाग (डिएफआइडी)ले पाँच अर्ब ११ करोड अनुदान सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । तेस्रो चरणको ग्रामीण पहुँच कार्यक्रम कार्यन्वयन अन्तर्गत अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र डिएफआइडीका नेपाल प्रमुख डोमिनिक ओनिइलले उक्त अनुदान उपलब्ध गराउने सहमतिपत्रमा हस्तारक्षर गर्नुभयो ।
गरिब तथा पिछडिएका वर्गमा आय तथा रोजगारीका अवसर सिर्जना गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउँदै आर्थिक गतिविधिमा पहुँच विस्तार गर्न अनुदान सहयोग खर्च गरिनेछ । आगामी चार वर्षमा खर्च गरिने उक्त सहयोगले मध्यपश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरू हुम्ला, बाजुरा, मुगु, अछाम, कालीकोट, जुम्ला र दैलेखका जनताको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

