National news Tekman photo,
धादिङको भुमेस्थानमा सडक दुर्घटना, १२ जना मृत्यु, १० जनाको सनाखत ।।
								Posted by Unknown
								Published on Tuesday, August 7, 2012
२३ श्रावण, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत भुमेस्थान गाउँ विकास वडा न ६ कमेरेमा यात्रुबाहक बस दुर्घटना हुदाँ १२ जनाको मृत्यु भएको छ । अन्य ३५ जना घाइते भएका छन् ।  १० जनाको घटनास्थलमै र अन्य २ जनाको काठमाडौंको सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । मृतकमध्ये १० जनाको मात्रै सनाखत हुन सकेको छ । मृत्यु हुनेमा कोपवा ४ कपिलबस्तुका २३ बर्षीय बलिराम चौधरी, रुद्रपुर २ रुपन्देहीका २२ बर्षीय मोहन नगरकोटी, नानपकडी ४ रुपन्देहीका २९ बर्षीय फणिन्द्र सुवेदी र तम्घास १ गुल्मीकी ५५ बर्षीया पार्वती घर्तिमगर रहेका छन् । यस्तै रुपन्देही कपुवा ६ तीनघरुवाका २६ बर्षीय राममिलन चौधरी, बुटवल १३ की २४ बर्षिय शुशिला घर्तिमगर, बुटवल १ रुपन्देहीका २० बर्षीय रञ्जन थापा, बुटवल १५ का ३६ बर्षिय शेरबहादुर थापा, कपुवा ८ कपिलबस्तुका ३४ बर्षिय किशोर चौधरी र ढिकुरा ६ अर्घाखाँचिका १९ बर्षिय केशव सारुको पनि सनाखत भएको छ । 
बुटवलबाट ४० यात्रु सहित काठमाडौंका लागि छुटेको लु १ ख ७०५१ नम्बरको बस विहान चार बजे महेश खोलामा खसेको हो । बीचबाटोबाट अन्य यात्रुहरु पनि चढेको हुनसक्ने भएकोले बसमा कति यात्रु थिए भन्ने एकीन भएको छैन । बस सिधा बाटोमा दुर्घटना भएकोले चालकको लापरबाही हुनसक्ने अनुमान गरिएको छ । अहिले सम्म चालकको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

