Political News,
राजनीतिक गतिरोध अन्त्य हुन्छः प्रचण्ड
								Posted by Unknown
								Published on Monday, August 6, 2012
 २३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विद्यमान राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।
२३ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विद्यमान राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गर्नुभएको छ ।प्रा डा गोपाल शिवाकोटीद्वारा लिखित ‘नेपालमा सामन्तवादः हत्या, हिंसा र षड्यन्त्रको इतिहास’ नामक पुस्तकको सोमबार लोकार्पण गर्दै प्रचण्डले भन्नुयो-’राजनीतिक पार्टीहरूबीच सहमति एउटा थेगोको रूपमा मात्र नभएर सार्थक र परिणाममुखी सहमति बनाउनेतिर पहलकदमी बढेको छ, हामी सबैले आशा गरौं, छट्टै नेपालको राजनीतिक गतिरोध अन्त्य हुनेछ र नयाँ प्रक्रियामा नेपाल प्रवेश गर्नेछ ।”
उहाँले राष्ट्रपति र राजनीतिक दलहरूबीच हिजो भएको बैठकमा पनि केही दिनभित्र सहमति निकाल्नुपर्छ भनेरसबैले प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्नुभयो ।
पुस्तकमा सामन्तवादको सङ्क्षिप्त परिचय, विश्व परिप्रेक्ष्यमा सामन्तवाद, भारतमा सामन्तवाद, नेपालमा सामन्तवादः प्रारम्भिक अवस्था, लिच्छवीकालः सामन्तवादको उदय, विस्तार र उत्कर्षकाल, मध्यकालीन नेपालमा सामन्तवाद, खस साम्राज्य, उत्तरमध्यकाल बाइसे र चौबीसे सामन्त राज्य, मल्ल वंशको उदय र सामन्तवादको सुदृढीकरणको प्रयासबारे विस्तृत अध्ययन समावेश गरिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

