Welcome Guest!
twitter facebook rss

,

प्रधानमन्त्रीको भनाई गैरजिम्मेवार : खनाल


२३ साउन, काठमाण्डौं । एमाले अध्यक्ष झलनाथ खनालले देश सञ्चालनको चावी अन्तै भएको भन्ने प्रधानमन्त्रीको अभिब्यक्ति अत्यन्तै गैर जिम्मेवार पूर्ण भएको दावी गर्नुभएको छ । यसको बास्तविकता नेपाली जनता माझ प्रधानमनत्रीले स्पष्ट पार्नुपर्ने माग पनि गर्नुभयो । राजनैतिक गतिरोध अन्त्यका लागि दवावदिन रिपोर्टस क्वलले सुरु गरेको अभियान अन्तर्गत आज खनाल निवास डल्लुमा भएको कार्यक्रममा खनालले भन्नुभयो-’देश सन्चालनको चावी कसले कसलाई दियो त्यसको खुलासा प्रधानमन्त्रीले गर्नु पर्छ । नगर्ने हो भने एक मिनेट पनि कुर्सीमा बस्न मिल्दैन ।’
दलहरुवीच पाँच बुँदे सहमति हुँदाको र अहिलेको अवस्था बदलिएकोले अब नेकपा एमालेले पनि सहमतिको सरकारको नेतृत्वमा दावी गर्न सक्ने भन्दै खनालले ‘अहिले हामिले नेपाली काग्रेसलाई पर्खिएका छौ,’ भन्नुभयो ।
एमाले जातीय संघीयताको पक्षमा हिजो पनि नभएको आज पनि नभएको र भोलीका दिनमा पनि नहुने स्पष्ट पार्दै जातीय संघीयता बनाउन खोजे पनि एमालेले त्यस्तो प्रयास सफल हुन नदिने चेतावनी दिनुभयो । अर्को एक फरक प्रगंगमा खनालले जनयूद्ध थाल्दा माओवादीले भारतसँग सम्झौता गरेको कुरा सत्य भए माओवादी देश द्रोही सावित हुने दावी गर्नुयभो । त्यस्ता देश द्रोही र अपराधीसँग एमालेले सहकार्य नगर्ने भन्दै उहाँले ‘त्यस्तो ठहरिए उनीहरु देशद्रोही र अपराधी हुने छन् । यस्तो अवस्थामा एकीकृत नेकपा माओवादीसँग सहकार्य गर्न सोच्नु पर्छ,’ भन्नुभयो ।
राष्ट्रपति संविधानको बाटोबाट हिड्ने स्पष्ट पार्दै हालै भएको सर्वदलिय बैठकमा राष्ट्रपतिको चिन्ता सुनेको भए प्रधानमन्त्री तुरुन्तै पद छाडेर सहमतिको मार्ग प्रसस्त गर्नु पर्ने बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide