Welcome Guest!
twitter facebook rss

,

कांग्रेस-एमालेसँग सहमति गर्न सहजः प्रचण्ड

२६ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीयता पक्षधरको मोर्चाले दलहरुबीच सहमतिका लागि मदत पुग्ने बताउनु भएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले मोर्चाले कांग्रेस-एमाले लगायतका दलहरुसँग राजनीतिक सहमति बनाउन सहज हुने दावी गर्नुभयो । उहाँले भन्नुभयो-’त्यो राजनीतिक सहमति बनाउने उदेश्यले नै समान विचार भएका पार्टीहरु, संघ संस्थाहरु एउटा मोर्चामा आवद्ध भयो भने राजनीतिक सहमति बनाउन सजिलो हुन्छ । यो मोर्चा बन्यो भने कांग्रेस, एमाले जस्ता पार्टीहरुसँग सहमति बनाउन अझ सहज हुन्छ ।’
प्रचण्डले राजनीति सहमति विना अहिलेको राजनीतिक गतिरोध, संवैधानिक संकट समाधान सम्भव नभएको समेत बताउनु भयो । अग्रगामी राज्य पुनःसंरचना र सबै प्रकारको भेदभाव अन्त्य गर्नु मोर्चाको लक्ष्य रहेको उहाँले बताउनु भयो ।
सत्तारूढ एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पहलमा संघीयता पक्षधरहरुको मोर्चा ‘संघीय लोकतान्त्रिक गठबन्धन एनडएफ’ बनाउने तयारी भइरहेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide