Welcome Guest!
twitter facebook rss

,

भारतको लापरबाहीले गण्डक बाँधको ठोकर भत्कियो

साउन २६ – गण्डक सम्झौताअनुसार गण्डक क्षेत्रमा निर्मित बाँधको रेखदेख र मर्मतको सम्पूर्ण जिम्मा भारतीय पक्षको रहेपनि उनीहरुले बाँधको रेखदेख र मर्मत नगरेपछि नवलपरासीमा नारायणी नदीको कटानले गण्डक बाँधअन्तर्गतको विगैप बाँधको १२ नं. ठोकर भत्किएको छ । कटानले १२ नं. ठोकरको अग्रभाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । भारतीय पक्षले यस वर्ष बाँध र ठोकरमा मर्मतको कुनै काम नगर्दा ठोकर नं. १२ मा क्षति भएको गण्डक सङ्घर्ष समितिका सहसचिव शैलेन्द्र शर्माको भनाई छ ।

तत्काल ठोकर मर्मत नगरिए पानीको बहाव बढ्दा गण्डक बाँध नै फुट्ने खतरा देखिएको जलअभियानकर्मी कुलदीप आचार्यले बताए । कटान रोकथामका लागि जालीमा ढुङ्गा भर्ने काम भइरहेको भए पनि नदीमा पानीको बहाव धैरे भएकाले प्रभावकारी हुन सकेको छैन ।  नर्सही गाविसमा पर्ने विगैप १२ नं. ठोकरमा नारायणी नदीको मूलधार सिधै ठोकिने हुनाले यहाँ सबैभन्दा जोखिम हुने गर्दछ । २०६५ सालको गण्डक आन्दोलनपछि भारतीय सरकारले २०६६ सालमा सबै बाँधको मर्मत कार्य सुरु गरेको थियो । तर, गुणस्तरीय काम नभएकाले सोही वर्ष भत्किएको थियो भने अघिल्लो वर्ष पनि यसै ठोकरको अग्रभाग तीन पटकसम्म क्षतिग्रस्त भएको थियो । बाढीको समय भएकाले तारजालीमा ढुङ्गा भरी अस्थायी रोकथामको काम मात्र भएको थियो । तर यस वर्ष कुनै काम नगरिँदा बाँध भत्किएको हो । 

नारायणी नदीमा पानीको सतह दुई लाख ३० हजार क्युसेक नाघेको र अझै बढ्ने क्रममा छ । त्यसैले यसप्रति समयमा नै ध्यान नदिए नेपालका दर्जनौँ गाउँ तथा भारतका सयाँै गाउँ बाढीको चपेटामा पर्ने निश्चित छ । बाँधको अवस्था नाजुक भएकाले गण्डक नदी नियन्त्रण सङ्घर्ष समितिले पटकपटक नेपाल तथा भारतका सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा पनि कुनै वास्ता नगरिँदा भारतीय पक्षको लापर्वाहीका कारण ठोकर नं. १२ मा पुनः क्षति पुगेको समितिका अध्यक्ष रामवरण केवटले बताए । यस वर्ष गण्डक क्षेत्रका बाँधमा कुनै काम नगरिएकाले दुई महिना पहिले सङ्घर्ष समिति जलसंसाधन विभाग उत्तर प्रदेश ‘डेलिगेसन’समेत गएको थियो । उक्त डेलिगेसनका क्रममा कार्यकारी इन्जिनियर आर.एस. वर्माले यस वर्ष सो बाँधका लागि आफूहरूसँग कुनै बजेट नभएकाले कुनै काम गर्न नसकिने बताएका थिए । 

गण्डक सङ्घर्ष समिति र भारतीय प्राविधिकबीच २०६५ सालमा भएको सहमतिअनुसार भारतीय पक्षद्वारा प्रभावकारी रूपमा बाँधको मर्मत र संरक्षण गर्ने काम नहुँदा गण्डक बाँध फुट्ने खतरा देखिएको हो यसैबीच, यता नेपालकै सबैभन्दा ठूलो विद्युत्गृह कालीगण्डकी ‘ए’को बाँध माथि आज बिहान ठूलो पहिरो जाँदा विद्युत्गृहको बाँधमा आवतजावतमै समस्या भएको छ । बाँध नजिकै माथिबाट पहिरो गएपछि बाँधमा समेत खतरा उत्पन्न भएको स्थानीय बासिन्दा तथा त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । “करिब १०० मिटर माथिबाट आज बिहान पहिरो गएको छ ।” कालीगण्डकी ‘ए’का स्थानीय कर्मचारी योगराज भट्टराईले भन्नुभयो–“पहिरोले बाँधमा पुग्ने बाटो पनि अवरुद्ध भएको छ ।” पहिरोका कारण बाँधभन्दा केही माथि रहेका बस्तीसमेत थप जोखिममा परेका छन् । पहिरो गएपछि त्यहाँबाट तरेर जाने यातायातका साधनसमेत चल्न सकेका छैनन् ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide