Welcome Guest!
twitter facebook rss

,

माओवादी महाधिवेशन आयोजक समिति जम्बो बनाउने

१८ साउन, काठमाडौं । आकांक्षीहरुको संख्या धेरै भएपछि एकीकृत नेकपा माओवादीले महाधिवेशन आयोजक समिति जम्बो बनाउने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहीवार बसेको महाविधेशन आयोजक समितिको वैठकले समिति बिस्तार गरि २ सय ५१ सदस्यीय बनाउने निर्णय गरेको हो ।
यसअघि १ सय ७५ सदस्यीय आयोजक समिति बनाउने प्रस्ताव गरेपनि नेताहरुले आफ्नो क्षेत्रको नपरेको तथा वरिष्ठलाई नसमेटेको भन्दै असन्तुष्टि जनाएका थिए । सबै पक्षलाई समेट्नु पर्ने भएकाले आयोजक समिति जम्बो भएको नेताहरुले बताएका छन् । वैठकपछि संचारकर्मींसँग कुरा गर्दै पार्टी प्रवक्ता दीनानाथ शर्माले समितिमा रहेका नेताहरुको कार्यबिभाजन भने हुन नसकेको जानकारी दिनुभयो । २ सय ५१ मध्ये २० सदस्य टुंगो लाग्न बाँकी रहेकाले उनीहरुको नाम पछि थप्ने सहमति भएको बताइएको छ ।
हालै सम्पन्न विस्तारित वैठकले आगामी माघमा महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समितिलाई बिघटन गरि महाधिवेशन आयोजक समिति बनाउने निर्णय गरेको थियो । त्यतिबेला केन्द्रीय सदस्यलाई नै आयोजक समिति सदस्य बनाउने र समानुपातिक प्रतिनिधित्वका लागि केही सदस्य थप्ने सहमति भएपनि नेताहरुले आ-आफ्ना मान्छे पर्नुपर्ने अडान राखेपछि समिति जम्बो बनेको बताइएको छ । प्रचण्डले बुधबार १ सय ७५ सदस्यको प्रस्ताव गरेपनि उनकै निकट सहयोगीहरुले समेत त्यसमा बिरोध गरेपछि सदस्य थप्न प्रचण्ड बाध्य भएको बताइएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide