Intresting news,
न्युयोर्कमा हल्लीखल्ली (फोटो फिचरसहित)
								Posted by Unknown
								Published on Thursday, August 2, 2012
अमेरिकाको न्युयोर्कस्थित ब्रूकलिन  पुलमुनि लडिरहेको एक लासका कारण हालै त्यहाँ ठूलै हंगामा भयो । उक्त लास  सुँगुरको भएको सरकारी अधिकारीहरुले दाबी गरेपनि सर्वसाधारण तथा कतिपय  जनावरविद्हरुको चित्त बुझेन । उनीहरुले त्यो लास नदिको राक्षस भएको जिकिर  गरे ।
फोटोग्राफर डेनाइज गिन्लेले आइतबार कुहिन  थालेको, बालुवाले ढाकिएको उक्त सुँगुर जस्तै जनावरको लासको फोटो पहिलोपटक  खिचेकी थिइन् । बजार जाने क्रममा पुलमुनि अनौठो जनावर मरिरहेको देखेपछि  ब्वायफ्रेन्डसँग हिँडिरहेकी उनले उक्त जनावरको नजिकै गएर समेत केही फोटो  खिचिन् । त्यसपछि उनले उक्त फोटो साथीभाइलाई देखाइन् र स्थानीय एक  पत्रिकामा समेत छपाइन् । त्यसपछि उक्त जनावरको बारेमा निकै हल्लीखल्ली भयो ।
यो जनावर के हो ? भन्ने बारेमा ठूलै  हल्लीखल्ली भएपछि स्थानीय पार्कका अधिकारीहरु उक्त लास सुँगुरको भएको र  पार्कले नै उक्त लास त्यहाँ फालेको बताएर स्पष्टीकरण दिए । तर उक्त जनावरको  लामो पुच्छर तथा खुर नभएका खुट्टा भएको हुँदा त्यो सँगुर नभएको मानिसहरुले  जिकिर गर्न थाले ।
पार्क व्यवस्थापनले उक्त जनावरको लासलाई  नष्ट गरिसकेको छ तरपनि यो जनावर के हो भन्नेबारेमा भने अझै यथार्थ जानकारी  हुन सकेको छैन । कतिपय वन्यजन्तुबिद्हरुले उक्त जनावर सुँगुर नभएर र्याकुन  वा मुसा जातको ठूलो जन्तु भएको अड्कल काटेका छन् ।
यो जनावरको खास जात खुल्न नसकेपछि यो पानी राक्षण वा रिभर मोनस्टर भएको निष्कर्ष सर्वसाधारणले निकाले ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.











 

