Welcome Guest!
twitter facebook rss

,

‘१० वर्षभित्र नेपाल अनार उत्पादनमा आत्मनिर्भर’


१८ साउन, काठमाण्डौ । नेपालमा अनार खेतीलाई व्यवसायीकरण गरिने भएको छ । नेपाल अनार संघले अनार खेतीलाई व्यवसायिकीकरण गर्दै गाउँ-गाउँसम्म पुर्‍याएर नेपाललाई अनारको उत्पादनमा आत्मनिर्भर देशको रुपमा परिचित गराउँने घोषणा गरेको हो । नेपाल जस्तो कृषि प्रधान देशमा विदेशी अनारमा नेपाली उपभोक्ताहरु निर्भर हुनुपरेको अवस्था लज्जास्पद भएको भन्दै संघले अनारखेतीलाई अभियानको रुपमा लगि स्वदेशकै अनारबाट आत्मनिर्भर बनाएर नेपाललाई अनार खेतीको देशको रुपमा परिचत गराउने घोषणा गरेको हो ।
विहीवार राजधानीमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष हिरालाल आचार्यले अनार खेतीका लागि राज्यले स्पष्ट नीति बनाई १० देखि ५० लाखसम्म निरब्याजे ऋण उपलब्ध गराए आगामी १० वर्षभित्र आत्मनिर्भर बनाई छिमेकी देशलगायत युरोपसम्म अनारको बजार विस्तार गर्न विस्तृत अध्ययन गरेर निकास समेत गर्न सक्ने दावी गर्नु भयो । आचार्यले आफू नेपाललाई अनार खेतीको देशको रुपमा परिचित गराउने अभियानमा लागेको बताउँदै सरकारले सहयोग गरे यो लक्ष्य पुरा गर्न सकिने वताउनुभयो ।
आचार्यले भन्नुभयो,’नेपालमा अनार खेती सम्भावानायुक्त नगदेवालि भएकोले यसको प्रवर्द्धनमा सरकारले सहयोग गर्नु पर्छ । सरकारले अनार खेती गर्ने किसानहरुलाई तीन वर्षसम्म कृषि विकास बैक मार्फत र्निव्याजी सहुलियत ऋण उपलब्ध गराए यो लक्ष्य पुरा हुन्छ । ‘ व्यवसायिकरुपमा अनार खेति रामेछाप, दोलखा, सिन्धुपालचोक, इलाम, कास्की र धादिङमा अनारको व्यावसायिक खेती सुरु गरिएको छ । नेपालमा अहिले विशेष गरी भारत ,पाकिस्तान अफगानिस्तान र खाडी मुलुकबाट अनार आयात हुने गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide