Sport news Tekman photo,
नेपाली पौडीबाज प्रसिद्धजंग हिट चरणबाटै बाहिर
								Posted by Unknown
								Published on Thursday, August 2, 2012
 ८ साउन, काठमाडौं । नेपाली पौडीबाज  प्रसिद्धजंग शाहले लण्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् । ५८ पौडिबाज  सहभागी ५० मिटर फ्रि स्टाइलमा प्रसिद्ध ४७ औं स्थानमा रहे ।
८ साउन, काठमाडौं । नेपाली पौडीबाज  प्रसिद्धजंग शाहले लण्डन ओलम्पिकको हिट चरणबाटै बाहिरिएका छन् । ५८ पौडिबाज  सहभागी ५० मिटर फ्रि स्टाइलमा प्रसिद्ध ४७ औं स्थानमा रहे । निर्धारित  दुरी २६ दशमलव ९३ सेकेण्डमा पुरा गरेका उनले व्यक्तिगत प्रदर्शन सुधारे  पनि राष्ट्रिय कीर्तिमान समेत तोड्न असफल भए । ५० मिटर फ्रिस्टाइलमा उनको  प्रदर्शन २७ दशमलव शुन्य ४ थियो भने २६ दशमलव ३९ सेकेन्डको राष्ट्रिय  कीर्तिमान चित्रबहादुर गुरुङको नाममा छ ।
चोटका कारण सन्तोषजन प्रदर्शन गर्न नसकेका  प्रसिद्धजंगको लण्डन ओलम्पिक यात्रम सहभागितामै सिमित रहृयो । एक महिना  अघि नै लण्डन पुगेका प्रसिद्धजंगको अभ्यासका क्रममा काँधमा चोट लागेको थियो  ।
प्रसिद्ध गतवर्ष चीनको सांघाईमा भएको १४  औं विश्व फिना च्याम्पियनसीपको प्रर्दशनका आधारमा लण्डन ओलम्पिकका लागि  छनोट भएका थिए । ओलम्पिक टोलीका सबैभन्दा वरिष्ठ खेलाडी प्रसिद्धले ओलम्पिक  मार्चपासमा राष्ट्रिय झण्डा समेत बोक्ने मौका पाएका थिए ।
यसअघि बुधबार भएको सय मिटर फ्रि स्टाइलमा  भाग लिएकी नेपाली पौडिबाज श्रेया धिताल हिट चरणबाटै बाहिरिएपनि राष्ट्रिय  किर्तिमान बनाएकी थिइन् ।
शुटींगकी स्नेहा राणाको चुनौति शनिबार नै  समाप्त भइसक्यो भने अब १०० मिटर दौडमा पुरुषतर्फ तिलकराम थारु र महिलातर्फ  प्रमिला रिजालले खेल्न बाँकी छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

