Welcome Guest!
twitter facebook rss

,

भाडाका सवारी साधन चलेन

२६ श्रावण , काठमाडौँ । बिभिन्न मागराख्दै यातायात व्यावसायीहरुले भाडाका सवारी साधन नचलाउँदा आज देशभरको जनजीवन प्रभावित भएको छ । ट्राफिक महाशाखाका अनुसार काठमाडौ उपत्यकाका तीन ओटै जिल्लामा कुनै पनि भाडाका सवारी साधन चल्न सकेका छैनन् । निजी सवारी साधन भने चलिरहेको प्रहरीले जनाएको छ । भाडाका सवारी साधन नचल्दा गन्तव्यमा पुग्न नागरिकहरु पैदल हिड्न बाध्य भएका छन् । यातायात व्यवसायीहरुले छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने, यातयात क्षेत्रलाई उद्योगको सरह मान्यता दिनुपर्ने, ट्राफिक प्रहरीलाई दिइएको थप अधिकार खारेज गर्नुपर्ने, ट्राफिक जरिवानामा सरकारबाट दिइएको कमिशन रकम सम्बन्धि निर्णय खारेज गर्नुपर्ने, यातयात क्षेत्रमा सामाजिक सुरक्षा कार्यान्वयन गर्नुपर्ने ,विमा नीति लागु गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सरकारसँग यसअघि पटकपटक भएका सहमतिहरु कार्यान्वयन गर्न दवाव पुगोस भनेर पनि भाडाका सवारी साधन नचलाउने निर्णय भएको नेपाल यातायात व्यावसायी महासङ्घका कोषाध्यक्ष सरोज सिटौलाले सीआईएनलाई जानकारी दिनुभयो । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासङ्घ, अखिल नेपाल यातयात मजदूर सङ्घ, नेपाल यातायात मजदूर सङ्घ र नेपाल यतायात स्वतन्त्र मजदूर संगठनको संयुक्त आयोजनमा बन्द आह्वान गरिएको हो । यसैबीच सरकारसँग आज हुने वार्तामा आफूहरुले राख्ने मागको बारेमा छलफल गर्न यातायात व्यावसयीहरुको बैठक अहिले बसिरहेको छ । बैठकमा आजको बार्तामा प्रस्तुत हुने स्वरुपको बारेमा छलफल भइरहेको बुझिएको छ । गएराति भएको सरकार र व्यावसायीबीचको वार्ता निष्कर्षमा पुग्न नसकेपछि दिउँसो दुई बजेफेरि वार्ता हुन लागेको हो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide