Welcome Guest!
twitter facebook rss

,

पदमा बसिरहने रहर छैन–प्रधानमन्त्री

१२ भाद्र, काठमाडौं । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक सहमति बनेर देशलाई निकास दिने खालको वैधानिक सरकार बन्ने अवस्था भएमा तत्काल सरकार छाड्न आफू तयार रहेको बताउनुभएको छ । आफ्नो नेतृत्वमा सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा आज देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सहमति र निकासका लागि सरकार बाधक नबन्ने बताउनुभयो । संबोधनका क्रममा प्रधानमन्त्री भट्टराईले वर्तमान सरकारले अथक प्रयत्न गर्दा पनि संविधानसभाले थपिएको म्यादभित्र संविधान बनाउन नसकी स्वतः अवसान भएको चर्चा गर्नुभयो । संविधान निर्माणका लागि पनि सरकारले आवश्यक वातावरण बनाउन अत्यन्त मिहेनत गरेको प्रधानमन्त्रीले बताउनुभो । यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रलाई बेलैमा चिन्न र चिर्न नसक्दा अग्रगमनका पक्षमा प्रस्ट दुई तिहाई बहुमत हुँदा हुँदै पनि संविधान बन्न नसकेको प्रधानमन्त्रीको भनाइ थियो । शान्ति प्रक्रियाले यही सरकारको पालामा ऐतिहासिक फड्को मारे पनि अन्य राजनीतिक दलबाट अपेक्षित सहयोग प्राप्त हुन नसक्दा अझै केही महत्वपूर्ण कामहरु बाँकी रहेको बताउनुभयो ।  प्रधानमन्त्रीले आफ्नो नेतृत्वको सरकारकै पालामा शान्ति प्रक्रियामा महत्वपूर्ण काम भएको बताउनुभयो ।

प्रधानमन्त्रीले आफ्नै नेतृत्वमा रहेको सरकारले एउटा राज्य दुईटा सेनाको अवस्थाबाट मुलुकलाई मुक्त गरेको पनि बताउनुभयो ।नेपाली इतिहासको विशिष्ट सङ्क्रमणकालको अग्रगामी व्यवस्थापनको आवश्यकताले आफ्नो नेतृत्वको सरकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदवादी शक्तिहरू गणतन्त्रको स्थापनापछि यथास्थितिवादी शक्तिमा बदलिँदै गएपछि सङ्घीयता लगायतका अग्रगामी परिवर्तनका एजेन्डा पूरा गर्न माओवादी मधेसवादी गठबन्धनको सरकार बनेको चर्चा गर्नुभयो । आफ्नो सरकारको एक वर्ष यथास्थितिवादी र अग्रगामी शक्ति बीचको द्वन्द्व व्यवस्थापनमै बितेको पनि प्रधानमन्त्रीले बताउनुभयो । विषम परिस्थितिमा पनि शान्ति, संविधान, सुशासन र समृद्धिलाई प्राथमिक कार्यभारको रूपमा लिएर सकेकोप्रयास गरेको प्रधानमन्त्रीले बताउनुभयो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide