breakingnews,
शिक्षक–सुरक्षाकर्मी झडपमा ५९ शिक्षक घाइते ।।
								Posted by Unknown
								Published on Tuesday, August 28, 2012
१२ भाद्र । सेवासुविधाको माग गर्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमा घेराउ तथा धर्ना दिने क्रममा पुगेका विभिन्न शिक्षक तथा सुरक्षाकर्मीबीच आज भएको झडपमा ५९ शिक्षक घाइते भएका छन् । प्रतिविद्यार्थी लागत शिक्षक सङ्घर्ष समितिले विभिन्न समयमा मन्त्रालयसँग गरेका सहमतिको कार्यान्वयनको माग गर्दै समयसापेक्ष तलब वृद्धि, शिक्षकको स्थायित्वलगायतका सामाजिक सुरक्षा माग गरी घरोउ गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको हो । झडपमा परी कमलेश कुशवाह, चन्द्रिका साह, शान्ति शर्मा, कल्पना खरेललगायतका आठ शिक्षक गम्भीर घाइते भएको र अन्य शिक्षक सामान्य घाइते भई उनीहरूको अहिले काठमाडौँका वीर अस्पतालमा उपचार भइरहेको सङ्घर्ष समितिका संयोजक अरूण सिंहले बताउनुभयो ।  नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले ‘शान्तिपूर्ण रूपमा आफ्नो माग राख्दै गरेका शिक्षकमाथि भएको प्रहरी दमन’को भत्र्सना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो । देशभरका सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीबाट उठेको शुल्कका आधारमा मासिक १५ सय देखि २५प सय सम्म तलब पाउने शिक्षक करिब १२ हजार रहेको अध्यक्ष लोहनीले जानकारी दिनुुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

