Welcome Guest!
twitter facebook rss

,

एमाओवादी नेतृत्वमा संघीय पक्षधरको मोर्चा तयारी

prachanda nepalकाठमाडौ, श्रावण २५ - कांग्रेस-एमालेसहितको लोकतान्त्रिक गठबन्धनलाई चुनौति दिन एकीकृत माओवादी नेतृत्वमा संघीयता पक्षधरको अलग्गै मोर्चा बन्ने भएको छ ।
प्रधानमन्त्री कार्यलय वालुवाटारमा सत्ता गठबन्धनभित्र र बाहिर रहेका साना दलको बैठकले संघीयता पक्षधरहरुको बृहत मोर्चा निर्माण गर्ने निर्णय गरेको हो । बैठकमा ए माओवादी , संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध दल, मोर्चा बाहिरका मधेसी तथा साना दल तथा जातीय राज्य माग गर्ने साना दल गरी २१ पार्टी सहभागी थिए ।
कांग्रेस-एमालेसहितका दुई दर्जन दलले सरकार विस्थापन गर्न लोकतन्त्र पक्षधरको अलग्गै मोर्चाबन्दी गरेपछि सत्तारुढ दल पनि मोर्चा निर्माणमा लागेका हुन् ।
'जनयुद्ध, ०६२/६३ को संयुक्त जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति, दलित, महिला तथा मुस्लिम आन्दोलनको भावना र माग अनुरुप गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयतासहितको राज्यको पुनःसंरचनालाई संस्थागत गर्नु भएकोले देशलाई निकास दिनको लागि संघीयतावादीहरु एक ढिक्का भएर अगाडि जानुपर्ने वैठकले निष्कर्ष निकालेको छ,' प्रधानमन्त्री कार्यालयको प्रेस नोटमा उल्लेख छ ।
बैठकमा संघीय लोकतान्त्रीक गठवन्धनको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रस्तावित नीति तथा कार्यक्रममाथि आफ्नो दलमा छलफल गरि पुनः साउन २८ गते दलहरुको बैठक बस्ने प्रेस नोटमा उल्लेख छ ।
बैठकमा राजनीतिक संकट समाधानका लागि पहिलो विकल्प संविधानसभा (व्यवस्थापिका-संसद्) को निर्वाचन र दोस्रो विधानसभा पुनःस्थापना मार्फत संविधान जारी र व्यवस्थापिका­संसदको निर्वाचन भएकोबारे छलफल भएको छ ।
बैठकले संविधानसभाविरोधीको भण्डाफोर गर्नेसमेत रणनीति लिएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide