Political News,
कांग्रेसले आँट नगरे एमालेः पोखरेल
								Posted by Unknown
								Published on Thursday, August 9, 2012
 २५ श्रावण - एमाले महासचिव ईश्वर पोखरेलले एमालेले सरकारको नेतृत्वमा गर्नेमा लालचा नराखेको भन्दै कांग्रेसले आँट नगरे आफूहरु तयार रहेको बताएका छन् ।नेपाल खेलकुद महासंघको कोसी अञ्चल प्रशिक्षणमा बिहीबार धनकुटामा महासचिव पोखरेलले सरकारको नेतृत्वका लागि आन्तरिक विवाद मिलाउन कांग्रेसलाई आग्रह गरे । बाबुराम भट्टराई नेतृत्वको सरकार बेकामे बन्दै गएपछि राष्ट्रपति क्रियाशिल बन्दै गएको उनको भनाई थियो । केहि दिन अघि राष्ट्रपतिसँगको भेटको प्रसंग जोड्दै पोखरेलले भने, 'राष्ट्रपति गम्भीर बन्दा समेत बाबुरामजी कुम्लोकुटुरो बोकेर जाने भन्दै बेतुकका कुरा गर्छन् ।'
 २५ श्रावण - एमाले महासचिव ईश्वर पोखरेलले एमालेले सरकारको नेतृत्वमा गर्नेमा लालचा नराखेको भन्दै कांग्रेसले आँट नगरे आफूहरु तयार रहेको बताएका छन् ।नेपाल खेलकुद महासंघको कोसी अञ्चल प्रशिक्षणमा बिहीबार धनकुटामा महासचिव पोखरेलले सरकारको नेतृत्वका लागि आन्तरिक विवाद मिलाउन कांग्रेसलाई आग्रह गरे । बाबुराम भट्टराई नेतृत्वको सरकार बेकामे बन्दै गएपछि राष्ट्रपति क्रियाशिल बन्दै गएको उनको भनाई थियो । केहि दिन अघि राष्ट्रपतिसँगको भेटको प्रसंग जोड्दै पोखरेलले भने, 'राष्ट्रपति गम्भीर बन्दा समेत बाबुरामजी कुम्लोकुटुरो बोकेर जाने भन्दै बेतुकका कुरा गर्छन् ।'पोखरेलले एमालेले जननिर्वाचित जनादेशबाट नयाँ संविधान निर्माण गर्न सकिने निक्र्यौल गरिसकेको उल्लेख गरे । विघटित संविधानसभाले ९० प्रतिशत कार्य गरिसकेको र बाँकी काम निरन्तरता दिन सकिए पनि प्रक्रियागत झमेला हुने भएकोले निर्वाचित संसदले नयाँ संविधान जारी गर्ने उनले बताए । पोखरेलले जातीय राज्य कुनै हालतमा नहुने दावी गरे । एकल पहिचानको संघीयता नभएर साझा थलोको संघीयता एमालेको स्पष्ट दृष्टिकोण रहेको भन्दै उनले आफ्नो पार्टीलाई संघीयता विरोधी आरोप लगाउनेहरु नै गलत रहेको टिप्पणी गरे । अर्को प्रसंगमा पोखरेलले माओवादीले मुलुकलाई कब्जा गर्दै अधिनायकवाद र अतिवादबाट उद्यत रहेको बताए । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दुई खुडि्कलोको राजनीतिक रणनीति रहेको उनको विश्लेषण थियो । दाहालको जनयुद्ध र जनसेनाको खुडि्कलो खुस्किसकेको बताउँदै उनले अब जातीय राज्यको खुडि्कलो बाँकी रहेको बताए । 'पहिलो खुडि्कलो खुस्किसक्यो,' उनले भने, 'अब दोस्रो खुडि्कलोको सपना पनि तुहिने छ ।' उनले जनघाती र राष्ट्रघाती कार्यबाट हार्दै गएको भन्दै एमाओवादी अध्यक्ष दाहाललाई 'जुवाडे'को संज्ञा दिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

