Intertainment Tekman photo,
गाईजात्रे प्रहसनमा माग्ने र धुर्मुस छुट्टा-छुट्टै हलमा
								Posted by Unknown
								Published on Wednesday, July 25, 2012
 १० साउन, काठमाडौं । टेलिभिजन कार्यक्रम  मार्फत दर्शकलाई हसाउँदै आएका हास्यँ कलाकारहरु यतिबेला गाईजात्राको  तयारीमा व्यस्त छन् । आउँदो १९ गते परेको गाईजात्राको अवसरमा झण्डै दुई  हप्तासम्म स्टेज कार्यक्रम गर्ने गरी कलाकारहरु तयारीमा जुटेका हुन् ।  उनीहरुले आआफ्नै ढंगबाट रिहर्सल पनि थालेका छन् । सधैंका वर्षहरुमा जस्तै  यसपाली पनि कलाकारहरु राजनीतिक र सामाजिक क्षेत्रका विकृति, विसंगतिलाई  उदांगो पार्ने कोशिस गर्दैछन् ।
१० साउन, काठमाडौं । टेलिभिजन कार्यक्रम  मार्फत दर्शकलाई हसाउँदै आएका हास्यँ कलाकारहरु यतिबेला गाईजात्राको  तयारीमा व्यस्त छन् । आउँदो १९ गते परेको गाईजात्राको अवसरमा झण्डै दुई  हप्तासम्म स्टेज कार्यक्रम गर्ने गरी कलाकारहरु तयारीमा जुटेका हुन् ।  उनीहरुले आआफ्नै ढंगबाट रिहर्सल पनि थालेका छन् । सधैंका वर्षहरुमा जस्तै  यसपाली पनि कलाकारहरु राजनीतिक र सामाजिक क्षेत्रका विकृति, विसंगतिलाई  उदांगो पार्ने कोशिस गर्दैछन् ।पोहोरपरार  झैं यसपाली पनि कलाकारहरुले दुई समूहमा बाँडिएर स्टेज कार्यक्रम गर्ने  भएका छन् । राष्ट्रिय सभागृहको हलमा एकथरी र प्रज्ञा भवनको हलमा अर्काथरी ।  टेलिभिजनबाट प्रसारण हुने हास्यँ टेलिश्रृँखला तीतो सत्य, जीरे खुर्सानी र  मेरी बास्सैका कलाकार प्रज्ञा भवनमा जम्मा हुनेछन् । यस्तै टेलिभिजनबाटै  प्रसारण हुने कार्यक्रम झ्याईंकुटी झ्याईं, जय होस् र मेरी बास्सैका  अर्काथरी कलाकार राष्ट्रिय सभागृहमा भेला हुँदैछन् । कलाकारहरु बाँडिएपनि  तीतो सत्य, जीरे खुर्सानी, झ्याईंकुटी र जय होस्का मुख्य कलाकार आफ्नो  समूहबाट छुट्टएिका छैनन् । तर मेरी बास्सैका मुख्य कलाकार भने छुट्टएिका  छन् । केदार घिमिरे माग्नेबुढो, सुरवीर पण्डित लगायतका कलाकार राष्ट्रिय  सभागृहको समूहमा मिसिएका छन् । सिताराम कट्टेल धुर्मुस, उनकी श्रीमती  कुञ्जना सुन्तली लगायतका कलाकार प्रज्ञाको समूहमा हुनेछन् ।
छुट्टाछुट्टै गाईजात्रे कार्यक्रम  प्रस्तुत गरेपनि हरेक वर्ष दुई ठाउँमा कलाकारहरुको समूह एउटै देखिन्छ ।  तीतो सत्यका दिपकराज गिरी, दीपा श्री निरौला, जीरे खुर्सानीका किरण केसी,  शिवहरि पौडेल, जितु नेपाल तथा मेरी बास्सैका सिताराम र केदार पोहोरपरार  सम्म एउटै समूहमा थिए । पोहोर केदारले गाईजात्रे प्रस्तुतिमा सहभागी नै  भएनन् । परारसम्म उनी यही समूहमा थिए । तर यसपटक उनी आफ्नो सहकर्मी  सितारामलाई छाडेर अर्को समूहमा मिसिएका छन् । यसलाई उनले अरु केही कारण  नभएर कथा मिलेकोले अर्को समूहमा जानुपरेको प्रतिकृया दिएका छन् ।
कारण मनमुटाब
टेलिभिजनमा एउटै कार्यक्रम प्रस्तुत गर्ने  भएपनि केदार र सितारामको सम्बन्ध राम्रो छैन भन्ने चर्चा पहिलेदेखि नै  चल्दै आएको हो । यो चर्चित जोडीले आआफ्नै ढंगले छुट्टाछुट्टै सुटिङ गर्ने  गरेको छ । उनीहरुलाई नजिकबाट चिन्नेहरुले दिएको जानकारी अनुसार कार्यक्रम  लोकप्रीय भएर मात्र, नत्र यो जोडी उहिल्यै फुटिसक्थ्यो । अहिले पनि  उनीहरुबीचको सम्बन्ध राम्रो छैन । यही कारण यो जोडीले यसवर्ष स्टेज  कार्यक्रम फरक फरक गर्न लागेको हो ।
गाईजात्रे प्रस्तुतिमा कलाकारहरुले दल तथा  नेताहरु नमिलेको कुरालाई नै जोड दिएर व्यंग्य गर्छन् । तर उनीहरुबीच नै  सहकार्य र सहमति नभएको कुरा चाहिं कसले भनिदिने ? केदार र सिताराम त  पछिल्ला उदाहरण हुन् । पहिले निकै जमेको जितु र दमन रुपाखेतीले  भिन्नाभिन्नै कार्यक्रम थालेको धेरै भैसक्यो । प्रसिद्ध हाँस्य कलाकार  मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडी बाहेक अरु धेरै जोडी त्यति जम्न  सकेका छैनन् । अरुको सम्बन्धबारे चियोचर्चो र व्यंग्य गर्ने  हास्यँकलाकारहरुलाई चाहिं कसले गरिदिएला खिसीटिउरी ?
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

