Education,
साक्षरता अभियान अपेक्षाकृत हुन सकेन ।।
								Posted by Unknown
								Published on Wednesday, July 25, 2012
पारिवारिक समस्या र चेतनाको कमि लगायत कारणले साक्षरता अभियानमा अपेक्षाकृत सहभागि हुन नसकेको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । अनौपचारिक शिक्षा तथा राष्ट्रिय साक्षरता अभियान कार्यक्रम अन्नतर्गत सञ्चालित सारक्षता कक्षामा लक्षित बर्गहरुको सहभागित निकै कम रहेको जिल्ला शिक्षा कार्यलय धादिङले जानकारी दिएको छ । जिल्लाको १९ वटा गाउँ विकास समितिका १७ हजार १ सय निरक्षरहरुलाई साक्षता बनाउने अभियान रहे पनि सोचे जति उपलब्धी गर्न नसकीने जिल्ला शिक्षा कार्यलय धादिङका विद्यालय निरिक्षक कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ । देशव्यापी रुपमा सञ्चालन भएको साक्षरता अभियानमा सहभागिहरुको अभावमा तीन चरण मध्ये अधिकांश स्थानमा दुई चरण मात्र कक्षा सञ्चालन हुने भएकाले कार्यक्रम नै प्रभावित हुने गरेको पाइएको छ । जिल्लामा अझै पनी ७५ हजार ५ सय ६ जना निरक्षर रहेको  जिल्ला शिक्षा कार्यलय धादिङको तथ्याङकले देखाएको छ । तीन चरणमा १५ देखि ६० बर्ष उमेर समुहका निरक्षरहरुलाई सारक्ष बनाउन प्रत्येक गाउँ विकास समितिमा ३० वटा कक्षा गरि जम्मा ५ सय ७० वटा कक्षा सञ्चालन भएको थियो । कात्र्तिक १५ गते देखि साक्षरता कक्षाहरु सञ्चालन भएपनी जिल्लाको उत्तरी क्षेत्रको ४ वटा गाउँ विकास समितिहरु रि, झार्लाङ, सेर्तुङ र लापामा कक्षा ढिला सञ्चालन भएकोले साक्षरताहरुको यकिन तथ्याङक नआईसकको जिल्ला शिक्षा कार्यलय धादिङले बताएको छ । साक्षता अभियानका लागि जिल्लामा ६९ लाख ६१ हजार १ सय ९० रुपैयाँको बजेट विनियोजन भएकोमा सवै खर्च साक्षरता अभियानमै खर्च गरिएको विद्यालय निरिक्षक कृष्ण कुमार श्रेष्ठले बताउनुभयो    । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

