Sport news Tekman photo,
भब्य रह्यो लण्डन ओलम्पिकको उद्घाटन
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
१३ साउन, काठमाण्डौ । भव्य समारोहका बीच ३० औं गृष्मकालीन ओलम्पिक लण्डनमा गएरातिबाट सुरु भएको छ ।
लण्डनको स्ट्रामफोर्डस्थित पार्क रंगशालामा भएको उद्घाटन समारोहमा टुर दि फ्रान्सका विजेता वेलायती ब्रेड्ली विग्गिन्सले घण्टी बजाएर उद्घाटन समारोह सुरु गरेका थिए । आयल्स अफ वन्डर नाम दिइएको उद्घाटन समारोहमा बेइजिङ ओलम्पिकलाई बिर्साउने गरी फरक शैलीमा बेलायतमा भएको आर्थिक क्रान्ति र त्यसले ल्याएको परिर्वतनलाई देखाइएको थियो । सांगितिक कार्यक्रम तथा आतिसवाजी समेत प्रस्तुत गरिएको उद्घाटन समारोहमा बेलायती महारानी एलिजाबेथ दृतियसमेत उपस्थीत थिइन् ।
सुटिङ तर्फ आज हुने प्रतिश्पर्धामा नेपाली खेलाडी स्नेहा राज्यलक्ष्मी राणाले प्रतिश्पर्धा गर्दैछिन् । अन्तिम समयमा वाइल्ड कार्ड मार्फत ओलम्पिकको यात्रा तय गरेकी स्नेहाले आजको खेलमा राम्रो प्रदर्शन गर्दै राष्ट्रिय किर्तिमानमा सुधार गर्ने अपेक्षा गरीएको छ ।
कतारको दोहामा गत जनवरीमा सम्पन्न एसियन सुटिङ च्याम्पियनसिपमा ३ सय ८८ स्कोर गर्दै उनले वाइल्डकार्डमार्फत लण्डन ओलम्पिकको यात्रा तय गरेकी थिइन् । प्रतियोगिता अन्तर्गत आज सुटिङसँगै आर्चरी, ब्याटमिन्टन, भारोत्तोलन, फुटबल, बास्केटबल लगायत १९ खेलका विभिन्न खेलहरु हुनेछ ।
लन्डन ओलम्पिकमा नेपालबाट स्नोहासँगै पौडीका श्रेया धिताल र प्रसिद्धजंग शाह, एथलेटिक्सका प्रमिला रिजाल र तिलकराम थारुले सहभागिता जनाएका छन् । लण्डन ओलम्पिकमा सहभागी देशका खेलाडीहरुले २६ खेलका ३ सय ४ इभेन्ट्समा पदकका लागि प्रतिश्पर्धा गर्नेछन् ।
उद्घाटन समारोहका केही झलकहरु
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
















 

