business news,
अर्थलार्इ ऊर्जाको सिफारिस – जलविद्युत् आयोजनालाई कर छुट र सहुलियतमा ऋण देउ
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
 १२ साउन, काठमाण्डौ । एकदर्जनभन्दा बढी जलविद्युत् आयोजनालाई सहुलियत दिन ऊर्जा मन्त्रालयले सिफारिस गरेको छ । ऊर्जा मन्त्रालयले निर्माण सामग्रीमा मूल्य अभिवृद्धि कर छुट तथा सहुलियतमा ऋण सुविधा उपलब्ध गराउन अर्थमन्त्रालयलाई सिफारिस गरेको हो ।
१२ साउन, काठमाण्डौ । एकदर्जनभन्दा बढी जलविद्युत् आयोजनालाई सहुलियत दिन ऊर्जा मन्त्रालयले सिफारिस गरेको छ । ऊर्जा मन्त्रालयले निर्माण सामग्रीमा मूल्य अभिवृद्धि कर छुट तथा सहुलियतमा ऋण सुविधा उपलब्ध गराउन अर्थमन्त्रालयलाई सिफारिस गरेको हो ।ऊर्जा मन्त्रालयका अनुसार सिफारिस गरिएका जलविद्युत् आयोजनाहरुमा २२ मेगावाटको माइखोला , २२ दशमलब २ मेगावाटको माथिल्लो चाकु ‘ए’ , ९ दशमलब ६ मेगावाटको स्प्रीङखोला, २ दशमलब ४ मेगावाटको पिखुवाखोला, तीन मेगावाटको भैरवकुण्ड, ४ दशमलब ९ मेगावाटको सेउरी खोला र ४ दशमलब ४ मेगावाट क्षमताको सेउरी खोला जलविद्युत् आयोजनालाई सहुलियतका निम्ति सिफारिस गरिएको छ ।
यस्तै ९ दशमलब ४ मेगावाटको आाधीखोला, ९ दशमलब ९ मेगावाटको माथिल्लो माई, ३ दशमलब ५ पाँच मेगावाटको चर्नावती, पाँच/पाँच मेगावाटका ताँदी र मैलुङ खोला र ६ सय किलोवाट बिजुली उत्पादनको अनुमति लिएको छोटेखोला जलविद्युत् परियोजनालाई पनि सुविधा दिन सिफारिस गरिएको छ । दुई करोडसम्म दस प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण ऋण र निर्माणको अन्तिमचरणमा पुगेका आयोजनालाई भ्याट छुट दिन सिफारिस गरिएको ऊर्जा मन्त्रालयका सचिव हरिराम कोइरालाले जानकारी दिनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

