Entertainment sport,
हिन्दी चलचित्रका सुपरस्टार राजेश खन्नाको निधन
								Posted by Unknown
								Published on Wednesday, July 18, 2012
३ साउन, काठमाडौं । हिन्दी चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यो ।खन्नाको बुधबार दिउँसो मुम्बर्इस्थित आफ्नो घर आर्शिवादमा निधन भएको हो । खन्नाको निधनसँगै बलिउड शोकमा डुबेको छ । बलिउडका हस्ती तथा खन्नाका सर्मथकहरू खन्ना निबासमा पुगेका छन् ।खन्ना गत अप्रिलमा बिरामी हुनुभएको थियो । लीलावती अस्पताल भर्ना हुनु भएका खन्ना चार दिजपछि घर फर्कनु भएको थियो । पछिल्लो पटक खन्नलार्इ शनिबार अस्पताल भर्ना गरिएको थियो । मंगलबार मात्र अस्पतालबाट घर फर्किएका खन्नाको बुधबार दिउँसो निधन भएको उनका ज्वार्इ अभिनेता अक्षयकुमारले बताउनु भएको छ । उहाँको भोली अन्तिम संकार गरिने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । खन्नाले १९६० र ७० को दशकमा पर्दामा रोमान्सलाई नयाँ पहिचान दिनु भएको थियो । राजेश खन्ना एक ट्यालेन्ट हन्ट प्रतियोगिताको विजेता बनेर बलिउडमा प्रवेश गर्नु भएको थियो । जतिनबाट राजेश खन्ना युनाइटेड प्रोड्युसर्स र फिल्मफेयरले सन् १९६५ मा आयोजना गरेको ट्यालेन्ट हन्टमा १० हजारभन्दा बढी सहभागीलाई पछि पार्दै खन्ना विजेता बन्नु भएको थियो । ट्यालेन्ट हन्टको विजेता बनेपछि अमृतसरमा जन्मिएका जतिन खन्ना फिल्म नगरीमा प्रवेश गर्नु भयो र राजेश खन्ना बन्नुभयो । उहाँले दिलीपकुमार, देवानन्द र राजकपुरको त्रिमूर्ति हिन्दी चलचित्रमा छइरहेका बेला रोजश खन्नाले बलिउडमा आफ्नो स्थान बनाउनु भएको थियो । खन्नाले सुरुमा ‘आखिरी खत’, ‘बहारोंके सपने’ र ‘राज’ जस्ता चलचित्रमा अभियान गर्नु भयो । तर, सन् १९६९८ मा रिलिज भएको ‘अराधना’ राजेशलाई रातारात स्टार बनाइदियो र उहाँले सुपरस्टारको उपमा दिन थालियो । राजेश खन्नाको सन् १९६९ देखि १९७२ को बीचमा लगातार १५ फिल्म हिट भयो । फिल्म पण्डितहरु खन्नाको यो रेकर्ड अहिलेसम्म पनि कसैले तोड्न नसक्ने बताउँछन् । सन् १९७६ मा राजेश खन्नाका फिल्म बक्स अफिसमा कमजोर हुनथाल्यो, जतिवेला हिन्दी फिल्ममा दोस्रो र सबैभन्दा ठूला सुपरस्टार अमिताभ बच्चन हिन्दी सिनेमामा छाउनु भएको थियो । १९८० सम्म अभिनय गरेका उहाँले निर्माणको काम समेत गर्नु भएको थियो । सन् १९९० को दशकमा फिल्मबाट विदा लिनु भएका खन्नाले १९९१ मा राजनीति सुरु गर्नुभयो । कांग्रेसबाट टिकट पाएपछि खन्नाले लोसकभाको चुनाव लड्नुभयो र नयाँदिल्ली लोकसभा क्षेत्रबाट सांसद बन्नुभयो भने राजीव गान्धीको आग्रहका कांग्रेसको चुनाव प्रचार प्रसारमा समेत जुट्नुभयो । 
परिवार ‘काका’ नामबाट समेत परिचित खन्नाले मार्च १९७३ मा डिंपल कापडियासँग विवाह गर्नु भएको थियो । पछि छुटि्टएका दुबैले डिभोर्स भने गर्नु भएन । विरामी भएको बेला खन्नालाई डिंपलले हेरचाह गर्नु भएको थियो । राजेश र डिंपलका दुई छोरी ट्वींकल र रिंकीले पनि बलिउडमा अभिनय गरिसक्नु भएको छ । ट्वींकलले अक्षयकुमारसँग विवाह गर्नु भएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

