Entertainment sport,
प्रधानमन्त्रीलाई आन्दोलनको आँधीबेहरीवाट हटाउँछौ : गजुरेल
								Posted by Unknown
								Published on Wednesday, July 18, 2012
 ३ असार, काठमाण्डौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पद नछोडे छाड्ने आन्दोलनको आँधीबेहरीबाट बालुवाटारबाट हटाउने चेतावनी दिनुभएको छ । गजुरेलले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारी पछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै घुँडा टेकाउने दाबीइ गर्नुभयो ।
३ असार, काठमाण्डौ । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले प्रधानमन्त्री डा बाबुराम भट्टराईले आफै पद नछोडे छाड्ने आन्दोलनको आँधीबेहरीबाट बालुवाटारबाट हटाउने चेतावनी दिनुभएको छ । गजुरेलले आफूहरु आन्दोलनको तयारीमा रहेकोले तयारी पछि भिषण आन्दोलन गरेर स्वेच्छाचारी प्रधानमन्त्रीलाई आन्दोलनबाटै घुँडा टेकाउने दाबीइ गर्नुभयो ।
गजुरेलले प्रधानमन्त्रीलाई हटाउने आन्दोलनमा नेपाली काँग्रेस र नेकपा एमालेले नेतृत्व गरेको मोर्चालाई पनि साथै लिएर हिडे पनि क्रान्तिकारी शक्तिहरुको आफूहरुले तेस्रो मोर्चा निर्माण गर्ने खुलासा गर्नु भयो । उहाँले भन्नुभयो,’प्रचण्ड र एमाले-काँग्रेसले नेतृत्व गरेको दुई मोर्चा छ, हामी अलग तेस्रो मोर्चा निर्माण गछौँ । बाबुरामजीलाई हटाउने विषयमा काँग्रेस र एमालेको मोर्चासँग सहकार्य गर्न सकिन्छ तर अरु विषयमा हाम्रो कुरा मिल्दैन । ‘
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईले नेतृत्व गरेको पार्टीसँग एकता सम्भव नभएको स्पष्ट पार्दै गजुरेलले प्रचण्डको भ्रमबाट मुक्त भएर धेरै नेता कार्यकर्ताहरु छिट्टै आफ्नो पार्टीमा आउने र त्यसपछि आफूहरुको पार्टी नै बलियो हुने दावी गर्नुभयो । प्रचण्डले विस्तारित बैठकमा पेश गरेको प्रतिवेदनले बर्गिय र राष्ट्रिय आत्मसमर्पणबादी भन्ने आफूहरुको आरोप प्रमाणित भएको भन्दै गजुरेलले जनयूद्ध शब्दको उच्चारण नभएको, विप्पा सहित त्रिभुवन विमानस्थल भारतलाई दिने राष्ट्रघाती निर्णयको बारेमा उल्लेख नभएकोले यो पारित भए प्रचण्ड समूहको भविष्य नरहने स्पष्ट पार्नुभयो ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो,’सामाजिक र वर्गीर्य आधार विनाको पार्टी हुँदैन । प्रचण्डको प्रतिवेदन पारित भए उनको समूह आधार विहीन हुन्छ । यस्तो समूहको भविष्य छैन । हामिलाई पनि राम्रै हुन्छ, हामीमाथिको भ्रम अन्त्य गर्न सहयोगी हुन्छ । ‘ प्रचण्डले पार्टीभित्र अब गुट बन्न दिन्न भनेको राष्ट्रियताको मुद्दा उठाउन नदिने भनेको स्पष्ट पार्दै गजुरेलले २-४ महिनासम्म मात्र एकीकृत नेकपा माओवादी पार्टी रहने ठोकुवा गर्नुभयो । पार्टी अध्यक्ष मोहन बैद्य किरणको चिन भ्रमण बाबुराम भट्टराईले विगारेको नेपाल र चीनवीचको सम्बन्ध सुधार्न गएको भन्दै दुई पार्टीवीचको सम्बन्ध विस्तार, जनता जनतावीचको सम्बन्ध विकास र नाका विस्तारको विषयका विशेष रुपमा केन्द्रीत हुने गजुरेले वताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता भीम रावलले शान्ति प्रक्रिया निष्कर्समा पुर्याउन नसक्ने र संविधान निर्माण गर्नुको साटो संविधानसभा नै भंग गर्ने प्रधानमन्त्रीलाई पदमा बसिरहने हैसियत नभएको भन्दै मुलुकको कल्याण चाहने हो भने प्रधानमन्त्रीले तत्काल पद छाड्नु पर्ने वताउनुभयो । उहाँले अन्तरिम संविधानको धारा ३८ को १ बमोजिम संयूक्त सरकार गठन गरेर धारा ५८ अनुसार राष्ट्रपतिबाट बाधा अडकाउ फुकाएर नयाँ निर्वाचनमा जानुको विकल्प नभएको बताउनुभयो । सरकारले तोकेको मंसिर ७ गते कुनै पनि हालतमा निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै बाधा अडकाउ फुकाएर ४ वर्षकोलागि निर्वाचन गर्न सकिने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

