Welcome Guest!
twitter facebook rss

,

एकीकृत माओवादीको स्थायी समितिको बैठक



श्रावण ४, काठमाडौं । पूर्व लडाकु तथा वाइसीएलका प्रतिनिधिले उठाएको माग सम्बोधन गर्नेबारेमा छलफल गर्न एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक अहिले बसिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा विहानैदेखि जारी बैठकमा पूर्व लडाकुहरुले शिविरमा भएको आर्थिक अनियमतिता छानविन हुनुपर्ने भनी राखेको माग कसरी सम्बोधन गर्ने बारेमा छलफल भइरहेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । एकीकृत नेकपा माओवादीको अस्तिदेखि सुरु भएको सातौं विस्तारित बैठकको दोस्रो दिन हिजो पूर्व लडाकु र वाइसिएलका प्रतिनिधिले शिविरभित्र भएको आर्थिक अनियमिताको छानविन हुनुपर्ने मागगर्दै बैठक अवरुद्ध गरेका थिए । समूहगत छलफलका क्रममा स्वेच्छिक अवकाशमा निस्किएका पूर्व जनमुक्ति सेनाका प्रतिनिधि र वाइसिएलका प्रतिनिधिहरूले शिविरभित्रको आर्थिक हिसाब पारदर्शी हुनुपर्ने, आर्थिक अनियमिततामा संलग्न दोषीलाई तत्काल निलम्बन गरी छानविन गरिनुपर्र्ने, घाइते तथा अपाङ्गको लागि आजीवन निर्वाह भत्ताको व्यवस्था हुनुपर्ने, पार्टी सुदृढीकरणको ठोस र व्यावहारिक योजना चालु विस्तारित बैठकमा पेस गर्नुपर्ने लगायतका मागहरू राखेका थिए । पूर्व लडाकु र वाइसीएलका प्रतिनिधिले आफ्ना मागसम्बोधन नभए विस्तारित बैठक चल्न नदिने चेतावनी दिएपछि अध्यक्ष प्रचण्डले माग जायज रहेकोले आज विहान बस्ने विस्तारित बैठक मार्फत सम्बोधन गर्ने प्रतिबद्वता जनाउनु भएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide