Welcome Guest!
twitter facebook rss

,

कुकुरले किन चपाउँछ हड्डी ?


वैज्ञानिकहरुले कुकुरले मासु खानमात्र नभएर हड्डी चपाउन समेत मरिहत्ते गर्नुको कारण पत्ता लगाएको दाबी गरेका छन् । क्यानडाका शोधकर्ताहरुले कुकुरको हड्डी चपाउने आदतका विषयमा वैज्ञानिक कारण पत्ता लगाएको दाबी गरेका हुन् । ओटावा सहरमा भएको क्रमविकाश जिवविज्ञान विषयको सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै शोधकर्ता डाक्टर जोआओ मुनोज डोरानले झण्डै ८० लाख वर्ष पहिले शिकार पक्रिनका लागि कुकुरमा यो बानीको विकाश भएको र विस्तारै-विस्तारै कुकुरमा सिकार गर्नुका साथै हड्डी चपाउने बानी वंशाणुगत गुणका रुपमा विकाश भएको बताए ।
डोरान तथा नेशनल युनिभर्सिटी अफ कोलम्बियाका सहयोगीहरुले कुकुरको वंशवृक्ष तयार गरेका छन् र त्यसको अरु ३ सय भन्दा बढि प्रजातिबीच सम्बन्ध स्थापित गरेका छन् । कुकुरप्रजातिहरुले समयक्रमसँगै पछि समूहमा शिकार गर्न थालेपछि सोही प्रकारका तिखा तथा शक्तिशाली दाँतको विकाश भयो । यसले गर्दा उसको हाड चपाउने क्षमता झनै बढ्न पुग्यो । जंगली कुकुरका केही प्रजातिहरु मानिसहरुले घरमा पाल्न थाले । यसरी समग्र कुकुरका प्रजातिहरुमा विकशित भएका त्यस्तो दन्त संरचना तथा हाड चपाउने बानी घरपालुवा कुकुरहरुमा समेत यथावत रहन पुगेको हो । सोही वंशाणुगत गुणका कारण अहिलेपनि घरपालुवा कुकुरले मासु खान तथा हाड चपाउन निकै मन गर्दछ । यद्यपि कुकुरको उतिविघ्न शिकारी चरित्र पनि हराउन थालिसकेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide