Welcome Guest!
twitter facebook rss

,

बाढीले जलविद्युत आयोजनामा क्षति, स्थानीयबासी मर्कामा

 १२ श्रावण, धादिङ ।लगातार भएको वर्षाको कारण आएको बाढीबाट उत्तरी धादिङको मनपाङ खोलाबाट निकालिएको ७ ओटा लघु जलविद्युत आयोजनामा क्षति पुगेको छ । क्षतिका कारण अहिले बुढाथुम र मुलपानी गाविसका करिब १ हजार घरधुरी विद्युत सेवा अवरुद्ध भएको छ । मनपाङ खोलाको पानी उपयोग गर्दै यसको आसपासमा ७ ओटा लघु जलविद्युत आयोजना सञ्चालनमा आई रहेकोमा बाढीले आयोजनाको नहर, पाइप बगाई विद्युत गृहमा समेत क्षति पु¥याए पछि त्यस क्षेत्रका बस्तीहरु अन्धकार छाएको छ । त्यस्तै री गाविसको कलस्याङ खोलाबाट निर्मित लघुजलविद्युत आयोजना, बुढाथुमको अँधेरी खोलाबाट निर्मित लघु जलविद्युत आयोजना, मार्पाक गाविसको किन्ताङफेदी लघु जलविद्युत आयोजना, लापा गाविसको लापा लघु जलविद्युत आयोजना र री गाविसको किन्चेत लघु जलविद्युत आयोजनामा पनि बाढीबाट अांशिकरुपमा क्षति पुग्न गएको स्थानीयबासीले जानकारी दिएका छन् । अहिले ती क्षेत्रहरु प्रायः विद्युत अवरुद्ध छ । केन्द्रीय विद्युत प्रसारण लाइनको पहुँचबाट टाढा रहेका मुलपानी बुढाथुम, बसेरी, री, लापा र मार्पाक गाविसका बासिन्दाले लघुजलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरी उपभोग गरिरहेका थिए । बाढीले क्षति पु¥याएका ती आयोजना मर्मत सम्भार गर्न २० लाख भन्दा धेरै खर्च लाग्ने अनुमान स्थानीयहरुले गरेका छन् । तत्कालको लागि क्षति पुगेका आयोजनाहरुको मर्मतको लागि जिल्ला विकास समिति र जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयबाट सहयोग माग गरिए पनि सम्पूर्ण खर्च जुटाउन स्थानीयहरुलाई मुस्किल परिरहेको बताइएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide