National news Tekman photo,
पिडा घटना र सार्वजनिक भएको फरक प्रतिवेदन
								Posted by Unknown
								Published on Friday, July 27, 2012
१२ श्रावण, धादिङ । पिडा–५ मुलाखर्कमा भएको दलित र गैरदलितबिचको विवादको स्थलगत अनुगमन पश्चात जिल्लामा कार्यरत संयुक्त मानवअधिकारकर्मीहरुको टोलीले शुक्रबार धादिङवेशीमा स्थलगत अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । गत आषाढदेखि दलित र गैरदलितबिच एक–आपसमा विवाद बढ्न थालेपछि केहिसमय यता घटनाले उग्र रुप लिएको थियो । अनुगमन पश्चात मानवअधिकारकर्मी टोलिले अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै, गत आषाढ १७ गते डोलभञ्ज्याङ उच्च माध्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत १९ वर्षिय नवराज विश्वकर्माले सोहि विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षिय सम्झना सुवेदीलाई भगाएर विहे गरेपश्चात गैरदलित समूदायले सांघातिक हमला गरेको दलित पक्षको भनाई छ । यता गैर दलितहरु भने झगडाको बिउ अन्तरजातिय विवाह नभई स्थानीय बिन्दा विश्वकर्माले हरि सापकोटालाई कुटेपछि आफ्ना श्रीमान पिटिनुको कारण खोज्दै बिन्दा विकको घरमा हरिकी श्रीमती मायाँ पुग्नु र सोहि विषयमा  बिन्दा विश्वकर्मा र माया सापकोटा बिच भनाभन हुनुनै मुख्य कारण भएको गैर दलितहरुले बताएका छन । बिबाह हुनुभन्दा पहिलेदेखिैनै बिन्दा विक र माया सापकोटाको परिवारको बिचमा पटक पटक झगडा हुने गरेको गाउंवासीको भनाई छ । हाल दलित समुदायका सम्पुर्ण व्यक्तिहरु विस्थापित भएको भनिएपनि, नवराज विश्वकर्मा र सम्झना सुवेदी तथा उनिहरुका अभिभावक बाहेक अन्य सबैजना गाउँमा नै मेलापात गरिरहेको टोलिले बताएको छ । प्रतिवेदनमा उल्लेख भएअनुसार, आषाढ १९ गते दलित र गैरदलितबिच एक्कासि झडप हुन पुगेको स्थानीय सिताराम सुवेदीले बताउनुभएको छ । यता बिन्दा विश्वकर्माको अनुसार आफुहहरु भागेर ज्यान बचाएकोले केहि पनि गर्न नसकेको तर ईन्दिरा विश्वकर्मा लगायतलाई भने चोटपटक लागेको उहाँको भनाई थियो ।घटनाको फरक–फरक व्यख्या र विश्लेषण भईरहेको बेला जिल्लामा कार्यरत मानवअधिकारकर्मीहरु स्थतगत अनुगमनको लागी घटनास्थलमा गएको अनुगमन टोलिले बताएको छ । 
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

