National news,
विश्वेश्वर प्रसाद कोइरालाको २९ औं स्मृति दिवस
								Posted by Unknown
								Published on Saturday, July 21, 2012
६ श्रावण, काठमाडौं ।प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको २९ औं स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसले आज देशैभरि श्रद्धाञ्जली सभा आयोजना गर्दैछ ।विपी प्रतिष्ठानको आयोजनामा नेपाली काँग्रेसको मुख्यालय विपी स्मृति भवन सानेपामा पनि कार्यक्रम भैरहेको छ । अघिल्ला बर्षहरुमा विपी संग्रहालय सुन्दरीजलमा विशेष कार्यक्रम हुने गरेपनि यस बर्ष भने सुन्दरीजलमा खासै रौनक छैन । नेपाली काँग्रेसका सभापति शुशिल कोइराला सुन्दरीजलमा आयोजित कार्यक्रममा जानुभएन ।स्मृति दिवसको अवसरमा काँग्रेस निकट तरुण दलले आज सानेपामा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजनीतिमा बीपी र नेपाली साहित्यमा विश्वेश्वरप्रसादको नामले परिचित कोइराला क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र असल राष्ट्रवादका धनी हुनुहुन्थ्यो ।साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी नेता कोइराला प्रजातन्त्रवादी, शालीन र अदम्य साहसी नेताका रुपमा चिनिनुहुन्थ्यो । राजनीतिमा सक्रिय भएर जहानियाँ राणाशासन अन्त्य गर्न सफल विपीका थुप्रै साहित्यिक कृतिहरु प्रकाशित छन् । सुम्निमा, मोदी आइन, यहुदी आदी विपीका चर्चित उपन्यास हुन् भने दोषि चस्मा, श्वेतभैरवी चर्चित कथासंङ्ग्रह हुन् । विक्रम सम्बत १९७१ साल भदौ २४ गते भारतको बनारसमा जन्मनुभएका कोइरालाको क्यान्सर रोगका कारण २०३९ साल श्रावण ६ गते अर्थात आजकै दिन निधन भएको थियो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

