Welcome Guest!
twitter facebook rss

,

माओवादीको विस्तारित बैठक आज सकिँदै

६ श्रवण, काठमाडौं । पाँच दिनदेखि राजधानीमा जारी एकीकृत नेकपा माओवादीको सातौँ विस्तारित बैठकको अन्तिम दिन आज पनि रिपोर्टिङ गर्ने क्रम सुरु भएको छ । भावी रणनीति तय गर्दै आज साँझसम्ममा बैठक सम्पन्न हुने माओबादीले जनाएको छ । पार्टी विभाजन पछि नयाँ कार्यनीति र रणनीति तय गर्न गत मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बैठक सुुरु भएको थियो । आजको बैठकमा नेवाः राज्य समितिबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमा टिप्पणी हुँदै छ । टिप्पणी गर्ने क्रम सकिएपछि सिमित कार्यकर्ताहरुलाई अनुभूति राख्न दिइने एकीकृत नेकपा माओवादीले जनाएको छ । अन्तिममा अध्यक्ष प्रचण्ड लगायतका नेताहरुले कार्यकर्ताद्धारा उठाइएका प्रश्नको जवाफ दिने र विस्तारित बैठकको निष्कर्ष पेश गरेर बैठक आजै सकिने पोलिटव्युरो सदस्य शक्ति बस्नेतले जानकारी दिनुभयो । विस्तारित बैठकमा बोल्ने कार्यकर्ताहरुले माओबादी नेतृत्वको सरकारले जनचाहना अनुसार काम गर्न नसेको भन्दै प्रधानमन्त्री बाबुराम भट्टराईको आलोचना गरेका छन् । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल गर्न बिस्तारित बैठकमा सहभागी झण्डै पाँच हजार कार्यकर्तालाई १४ वटा समूहमा विभाजन गरिएको थियो । हालसम्म धारणा राख्नेहरुले प्रतिवेदनको मूल स्पीरिटलाई समर्थन गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । उनीहरुले गुटबन्दीकै कारण पार्टी विभाजन भएको भन्दै नेतृत्वलाई गुटमा छुट नदिन आग्रह गरेका छन् ।हिजोको बैठकमा धारणा राख्ने क्रममा विवाद हुँदा कार्यकर्ताहरुबीच झडप भएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide