Entertainment,
कलाकार दर्शनधारीको निधन ।।
								Posted by Unknown
								Published on Friday, July 20, 2012
५ आषाढ, काठमाडौं । पुराना कलाकार हरिकृष्ण दर्शनधारीको आज उपचारका क्रममा निधन भएको छ । मुलुकमा प्रजातन्त्र प्राप्तिका लागि लामोसमयसम्म कलाकारिताका माध्यमबाट सङ्घर्ष गर्दै आउनुभएका दर्शनधारीको ६८ वर्षको उमेरमा काठमाडौँ मोडल अस्पतालमा आज बिहान निधन भएको हो । कलाकारिताका माध्यमबाट समाजमा चेतना फैलाउन सफल हुनुभएका स्वर्गीय दर्शनधारी मष्तिष्कमा समस्या आएपछि गत शनिबार उपचारका लागि काठमाडौँ मोडल अस्पतालमा भर्ना हुनुभएको थियो । काठमाडौँको भोटाहिटीमा जन्मेर हाल ज्ञानेश्वरस्थित कालोपुलमा बस्दै आउनुभएका स्व कलाकार दर्शनधारीले विशेषगरी नेपाली तथा नेवारी भाषा र सँस्कृतिको विकासमा ठूलो भूमिका खेल्नुभएको थियो । स्वर्गीय दर्शनधारीले विशेष गरी अष्टमात्रिका र चर्या नृत्यमा राम्रो दख्खल राख्नुहुन्थ्यो । उहाँको श्रीमती, २ छोरा र २ छोरी हुनुहुन्छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

