National news,
लोकतान्त्रिक मूल्यविपरीत चल्ने शक्ति टिकाउ नहुने -नेपाल ।।
								Posted by Unknown
								Published on Tuesday, July 24, 2012
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले लोकतन्त्रका आधारभूत मूल्य र मान्यताविपरीत मुलुक चलाउन खोज्ने कुनै पनि शक्ति दीर्घकालसम्म जान नसक्ने ठोकुवा गर्नुभएको छ । पुष्पलाल मेमोरियल कलेज गणेशस्थान, चाबहिलको पाँचौँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष नेपालले मुलुकको सङ्क्रमणकालको फाइदा लिएर अहिले एकीकृत नेकपा माओवादी लोकतान्त्रिक मूल्य र मान्यताविपरीत राज्य संयन्त्रमाथि हैकम जमाउने प्रयासमा गरेको आरोप लगाउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले चार वर्षे कार्यकाल पूरा हुँदासमेत संविधान दिन नसकेर संविधानसभाको विघटन गर्दै मुलुकमा सङ्क्रमणकाल लम्ब्याउने प्रयासमा सत्तापक्ष सक्रिय रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीले अन्य दलसँग विनापरामर्श एकतर्फीरुपमा मङ्सिर ७ गते संविधानसभाको निर्वाचनको मिति घोषणा गर्नु दिवास्वप्न मात्र हो भन्दै अन्तरिम संविधानले दिएको अख्तियारीलाई नाघेर प्रधानमन्त्रीले घोषणा गरेको निर्वाचन असम्भव भएको बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.





 

