National news,
पूर्वविशिष्ट व्यक्तिहरूलाई सुविधा दिनुहुन्न : थापा
								Posted by Unknown
								Published on Saturday, July 28, 2012
 १३ साउन चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वविशिष्ट व्यक्तिहरूलाई सरकारले घोषणा गरेको सेवा सुविधाको नागरिकस्तरमा विरोध हुनु स्वभाविक भएको बताउनुभएको छ ।शनिवार विहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै थापाले यस्तो वताउनु भएको हो । सीमित राजनीतिक दलले मुलुकमा राजनीतिक सिन्डिकेट खडा गरी ब्रम्हलुट गरिरहेको भन्दै अध्यक्ष थापाले त्यसको विरोधमा आम मानिसमा विरोध, असन्तुष्टि तथा वितृष्णा पैदा भएको र स्वयम् पूर्व प्रशासकहरुले समेत विरोध जनाएको बताउनुभयो । सेवा सुविधाको विरोध गर्ने पूर्वप्रशासक एवम् नागरिक समाजले जनताको भावनाको कदर गरेको भन्दै अध्यक्ष थापाले सबै क्षेत्रमा यसरी मानससँग सक्रिय हुन सके देशलाई ब्रम्हलुट गर्नेहरु पाखा लाग्ने बताउनुभयो ।केवल विशिष्ट पदाधिकारीलाई दिने सेवा सुविधाका विषयमा मात्र केन्दि्रत नभई मुलुकको ढुकुटी रित्याउन लागिपर्नेका विरुद्धमा पनि उत्रन उहाँले सबैलाई अपिल गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष थापाले संविधानसभा भङ्ग भइसकेको अवस्थामा नयाँ निर्वाचन गराउन क्रियाशील हुनुपर्ने समयमा केही सीमित दलहरुले आपसी सहमतिको नाममा एकाधिकार लाद्ने प्रपञ्च रचेको भन्दै कडा आक्रोश पोख्नुभयो । रासस
१३ साउन चितवन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वविशिष्ट व्यक्तिहरूलाई सरकारले घोषणा गरेको सेवा सुविधाको नागरिकस्तरमा विरोध हुनु स्वभाविक भएको बताउनुभएको छ ।शनिवार विहान भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै थापाले यस्तो वताउनु भएको हो । सीमित राजनीतिक दलले मुलुकमा राजनीतिक सिन्डिकेट खडा गरी ब्रम्हलुट गरिरहेको भन्दै अध्यक्ष थापाले त्यसको विरोधमा आम मानिसमा विरोध, असन्तुष्टि तथा वितृष्णा पैदा भएको र स्वयम् पूर्व प्रशासकहरुले समेत विरोध जनाएको बताउनुभयो । सेवा सुविधाको विरोध गर्ने पूर्वप्रशासक एवम् नागरिक समाजले जनताको भावनाको कदर गरेको भन्दै अध्यक्ष थापाले सबै क्षेत्रमा यसरी मानससँग सक्रिय हुन सके देशलाई ब्रम्हलुट गर्नेहरु पाखा लाग्ने बताउनुभयो ।केवल विशिष्ट पदाधिकारीलाई दिने सेवा सुविधाका विषयमा मात्र केन्दि्रत नभई मुलुकको ढुकुटी रित्याउन लागिपर्नेका विरुद्धमा पनि उत्रन उहाँले सबैलाई अपिल गर्नुभयो । फरक प्रसङ्गमा अध्यक्ष थापाले संविधानसभा भङ्ग भइसकेको अवस्थामा नयाँ निर्वाचन गराउन क्रियाशील हुनुपर्ने समयमा केही सीमित दलहरुले आपसी सहमतिको नाममा एकाधिकार लाद्ने प्रपञ्च रचेको भन्दै कडा आक्रोश पोख्नुभयो । राससहाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
										 
Template
dailyvid
samabesionline.com. Powered by Blogger.




 

