National news Political News Tekman photo Top News,
एकीकृत माओवादीको प्रतिवद्धता पत्र कस्तो छ ? हेर्नुहोस् ।
Posted by Unknown
Published on Saturday, October 19, 2013
प्रतिबद्धता पत्र नाम दिएको घोषाणापत्रमा स्थिर सरकारको लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीसहीतको शासकीय स्वरुपको प्रस्ताब गरिएको छ । यस्तै पहिचान र अधिकारसहितको ११ प्रदेश र २४ वटा स्वायत्ता क्षेत्रको सङघीय स्वरुप घोषणापत्रमा प्रस्ताब गरिएको छ । संघीयताको स्वरुप यसअघि पहिलो संविधानसभाको राज्यपुनसंरचना समिति र आयोगले तयार पारेको अवधारणामा टेकेर घोषणापत्रमा समेटिएको एमाओवादीले जनाएको छ । घोषणापत्रमा सामान्ती अन्धराष्ट्रवादको सट्टा प्रगतिशील राष्ट्रवादलाई अघि सारेको छ ।
चारवटा भागमा विभाजित घोषणापत्रको पहिलो भागमा संविधानसभाले संविधान बनाउन नसकेको कारण, दोस्रोमा नयाँ संविधासभको अन्तरवस्तु तेस्रोमा एमाओवादीको स्थिर सरकारको बेला गरिने कार्यक्रमहरु र चौथो भागमा माओवादीलाई किन भोट दिने भन्नेबारेको अपिल गरिएको छ ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले देशलाई शान्ति र स्थिरतामा लैजाने एजेण्डा भएको पार्टीलाई निर्वाचनमा जिताउन अपिल गर्नुभयो । आप्mनो पार्टीले विगतका गल्तीकमजोरीको समीक्षासहित र नयाँ जिम्मेवारीको महसुस गरी घोषणा पत्र सार्वजनिक गरेको अध्यक्ष दाहालले बताउनुभयो ।
बिगतमा भएका सबै खालका आन्दोलन र जनयुद्धको बलिदानीप्रति इमान्दार भएर र आत्मसाथ गदै घोषणा पत्र तयार पारेको भन्दै दाहालले आफ्नो पार्टी राष्ट्र र जनताप्रति सबौभन्दा इमान्दर रहेको भन्दै आउँदो निर्वाचनमा एकिकृत माओवादीलाई नै दुई तिहाई बहुमत दिलाउन आम आग्रह गर्नुभयो ।
सरकारको लगि बहुमत, संविधान निर्माणका लागि दुई तिहाइ’ भन्ने नाराका साथ सार्वजानकि गरेको घोषणापत्रलाई घोषणामा मात्र सिमित नराखी कार्यान्वयन नै गर्नको लागि प्रतिबद्धता पत्र भनिएको घोषणा पत्र निर्माण समिति संयोजक समेत रहनुभएका एकीकृत माओवादी नेत डा.बाबुराम भट्टराईलेनेता भट्टराईले बताउनु भयो । भट्टराईले एकीकृत माओवादीले संविधानसभाबाट एक वर्षभित्र संविधान जारी गर्न लागि पर्ने बताउनुभयो ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





