National news,
मुख हेराहेर मात्र भयो, वार्ताका विषयवस्तुमा प्रवेश भएन
Posted by Unknown
Published on Wednesday, August 14, 2013
काठमाडौँ, ३० साउन । उच्चस्तरीय राजनीतिक समिति र सङ्घीय लोकतान्त्रिक मोर्चाबीचको वार्ता सहमति बिना टुङ्गिएको छ । नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा आज भएको वार्ता छोटो समय मात्र बसी टुङ्गिएको थियो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज औपचारिकरुपमा वार्ता विषयवस्तुमा प्रवेश नगरी टुङ्गिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज मुख हेराहेर मात्र भयो, वार्ताका विषयवस्तुमा प्रवेश भएन ।”
वार्ताको क्रममा उच्चस्तरीय राजनीतकि समितिभित्र दलहरूबीच फरक फरक धारणा देखिएको र वार्ताप्रति समिति गम्भीर नदेखिएको बताउनुभयो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य रघुजी पन्तले छोटो समय मात्र वार्ता भएको र भोलि पुनः छलफल गर्ने गरी आजको वार्ता टुङ्गिएको बताउनुभयो । समिति र मोर्चाबीच भोलि साँझ ५ बजे पुनः वार्ता हुने बताइएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





