National news,
मोर्चा र उच्चस्तरीय राजनीतिक समितिवीच मध्यरातमा ६ बुँदे सहमति
Posted by Unknown
Published on Thursday, August 15, 2013
राति अबेर गरिएको द्वीपक्षीय सहमतिअनुसार
संविधानसभाको सदस्य संख्या ५ सय ८५ बनाइने भएको छ । प्रत्यक्षतर्फ २४०
सीटलाई नै कायम राख्न मोर्चा सहमति भएको छ भने समानुपातिकतर्फ ०६४ सालमा
जस्तै ३३५ सीट कायम गरिने भएको छ । मन्त्रिपरिषदबाट गरिने मनोनित सीटतर्फ
भने ०६४ सालमा २६ र बाधा अड्काऊ आदेशमा ११ सीट रहेकोमा अब १० सीटमात्रै
रहने सहमति भएको छ । रेग्मी सरकार गठनका बेलामा भएको बाधा अड्काऊ फुकाउ
आदेशमा प्रत्यक्ष र समानुपातिक तर्फ २४०/२४० सीट र मनोतिमा ११ गरी ४९१
सदस्यीय संविधानसभा रहने उल्लेख थियो ।
सहमति अनुसार मतदाता नामावली संकलनका लागि
निर्वाचन आयोगले थपेको सात दिने म्याद बढाएर दुई सातासम्म बनाउन आयोगलाई
आग्रह गरिने भएको छ । निर्वाचन आयोगले विहीबार एक सूचना जारी गरेर मतदाता
नामावली संकलनको म्याद ७ दिनलाई थपेको थियो । सहमति अनुसार उच्चस्तरीय
राजनीतिक समितिमा उपेन्द्र यादवको मोर्चालाई समेत सहभागी गराइने भएको छ ।
त्यसैगरी ‘संविधानका आधारभूत सिद्धान्तका बारेमा सहमति गर्ने कार्य अघि
बढाउने’ समेत सहमति भएको छ । संविधानसभाको चुनाव सम्पन्न गर्न आम
जनसमुदायलाई अपील गर्ने दुबैपक्षले सहमति गरेका छन् ।
२५ बुँदे बाधा अड्काऊ संशोधन हुने
मोर्चासँग भएको सहमतिअनुसार २५ बुँदे बाधा
अड्काऊ फुकाउने आदेश अब संशोधन हुने भएको छ । दलीय सहमतिपछि अब
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिमार्फत् बाधा अड्काऊ फुकाउने आदेशमा
संशोधन गरिनेछ ।
वैद्य र राईसँग सहमति हुन बाँकी
चार राजनीतिक दलले मोर्चासँग सहमति
गरिसकेपछि अब अशोक राईको संघीय समाजवादी र मोहन वैद्य नेतृत्वको ३३ दलीय
मोर्चासँग सहमति गर्न बाँकी छ । राई र वैद्यको मोर्चासँग आजै सहमति
गरिसक्ने चार दलको तयारी छ । सबै असन्तुष्ट दलहरुसँग सहमति गरिसकेपछि बाधा
अड्काऊ सम्बन्धी आदेश संशोधन प्रक्रिया अगाडि बढाइने नेताहरुले बताएका छन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





