National news,
बेलबारी घटनाका पाँच अभियुक्त रिहामा छुटे...
Posted by Unknown
Published on Monday, August 19, 2013
०३ भाद्र। बेलबारी । बेलबारीमा दलितमाथि दुव्र्यवहार गर्ने पाँच अभियुक्तलाई जिल्ला अदालत मोरङको आदेशमा तारेखमा रिहा गरेको छ । पुर्वपक्षका लागि जनही सात हजार रुपैयाँ धरौटी राखेर तारेखमा छाड्न जिल्ला न्यायाधीश ईन्द्रकुमार चोङतेन्लीको इजलासले आदेश दिईएको हो । उनीहरुलाई जातीय विभेद तथा छुवाछुतविरुद्धको मुद्धा चलाएको थियो । तारेखमा छुट्नेहरुमा बेलवारीका जीवन भेटवाल, अमित भेटवाल, सेविका भेटवाल, चन्द्रकला भेटवाल र अम्बिका भेटवाल छन् ।
करिव तीन साताअघि घर फकंर्दै गरेकी एक महिलालाई जवरजस्ती करण्ँीको प्रयास गर्न खोजेको विषयलाई लिएर बेलबारी–३ करमडाँडाकी एक दलित महिलासँगै एक दलित अगुवालाई स्थानीयले भोलीपल्ट कालोमोसो दलेर कुटपिट गर्दै जुत्ताको माला लगाएका थिए ।
घटनामा संलग्न रहेको भन्दै प्रहरीले उनीहरुसहित १६ जनाविरुद्ध मुद्धा चलाएको थियो । अन्य १० जना भने अझै फरार छन् । पक्राउ परेकामध्ये कमला भेटवाल जिल्ला प्रशाशनबाटै धरौटी वुझाई छुटेकी थिइन् । यस अघि जिल्ला प्रसाशन कार्यालय मोरङले सार्वजनिक अपराध सम्बन्धी मुद्वामा जनही अधिक रकम २८ हजार धरौटी माग गरी तारेखमा छोड्ने आदेश गरेको थियो ।
घटनाका आरोपी विरुद्ध पिडीत पक्षले सार्वजनिक अवपराध, जातीय छुवाछुत, विद्युतीय ऐन र जवरजस्ती करणी सहित चारवाट मुद्धा दर्ता गराएका थिए । जातीय विभेद तथा छुवाछुत (कसुर र सजाय ऐन २०६८) अनुसार यसको विपरीत कार्य गर्नेलाई २५ हजार जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





