National news,
आफ्नै आमाद्धारा दुई खुट्टा छिनाईएकी शिशुलाई आर्थिक सहयोग
Posted by Unknown
Published on Monday, August 19, 2013
धादिङ -मान्छेको मन पनि कत्ति कठोर हुँदोरहेछ । आफ्नै छोरीको धारिलो हतियार प्रयोग गरेर दुवै खुट्टाको गोलीगाँठो भन्दा तलको भाग छिनाएकी छिन् भन्दा विश्वास नलाग्न सक्छ । तर यो घटना साँचो हो । धादिङ जिल्ला ढोला गाउँ विकास समिती वडा नं. २ तीनघरेकी २९ वर्षिय बिरकुमारी दुवाडीले आफुनै तीन महिनाकी छोरी खुट्टा छिनालेकी हुन् । अचानोमा राखेर दुबै खुट्टा छिनाएपछि गाउँ नजिकैको पसलमा पुगेर आफुले बच्चाको खुट्टा काटेको भन्दै हिँडेकी थिईन् उनी । हुनत मानसिक सन्तुलन गुमाएकी थिईन् रे दुवाडीले ।
आफ्नै आमाद्धारा खुट्टा काटिएकी तिन महिनाकी शिसु दिल कुमारी दुवाडीको उपचारको लागि गैरीपुुर्सु युबा समाज काठमाडौले आर्थिक सहयोग गरेको छ । एक कार्यक्रको आयोजना गरि गैरीपुुर्सु युबा समाजले संकलन गरेको ६ हजार रुपैयाँ युबा समाज का अध्यक्ष राजकुमार श्रोष्ठले उपचारको लागि हस्तान्तरण गर्नुभएको हो । हाल उनको शिक्षण अस्पताल महाराजगञ्मा उपचार भईरहेको छ । आर्थिक अबस्था अत्यन्तै कमजोर भएकोले शिसुको उपचारमा अत्यन्तै समस्या भएको उनका अत्रिभाबकले बताएका छन् साथै उनिहरुले राष्ट्रिय बाणिज्य बैङकमा रहेको खाता नंबर १०९१०५९४४८१० मा आर्थिक सहयोग गर्न आग्रह गरेका छन् ।
यस्तो खालको गम्भीर घटना थाहा पाएपछि गाउँमा हल्लिखल्लि मच्चिएको थियो । स्थानीयले तत्काल स्थानीय प्रहरीलाई खबर गरेका थिए । स्थानीय योगेश्वर अर्यालका अनुसार घरका अन्य मानिस काममा गएको बेला सो घटना घटेको हो । तीन महिनाअघि मात्र जन्माएको शिशुको निर्ममता पूर्वक दुबै खुट्टा छिनाएर हिँड्दा पनि उनमा कुनै पश्चातापको संकेत थिएन् । छोरीको खुट्टा काटेपछि गाउँमा पुगेकी उनले साँझ त्यही मासु पकाएर खाने भन्दै गाउँ डुलेको स्थानीयले बताए ।
शिशुको साथमा छिनाइएका दुवै खुट्टा प्लाष्टिकमा पोको बनाएर ल्याइएको थियो। छिन छिनमा कुरा बदलिरहने मानसिक रोगी दुवाडीलाई किन काटेको, काट्न हुन्थ्यो वा हुने थिएन कुनै प्रवाहनै नभएको धादिङ अस्पतालमा कार्यरत रविना सिलवाल बताउँछिन्। सात वर्षदेखि मानसिक सन्तुलन गुमाएकी ति महिलाले हाल औषधि सेवन गरिरहेको जिल्ला अस्पताल स्रोतले बताएको छ । उनले यसअघि पनि घरमा आगो लगाउने लगायतका काम गरेको स्थानीय बताउँछन्। तीन सन्तानकी आमा दुवाडीका यस अघिका दुई सन्तान उनी बिरामी परेपछि एक गैर सरकारी संस्थाले पढाउने र पाल्ने जिम्मा लिएको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





