Welcome Guest!
twitter facebook rss

,

काँक्रेविहार घटना अझै चर्कँदै, सरकार र जनजातीहरुको वार्ता निष्कर्षविहिन

१५ श्रावण, काठमाडौं । काँक्रेविहार घटनाका विषयमा सरकार र आन्दोलनरत जनजाति तथा बौद्धमार्गीबीच मंगलबारको वार्ता जिष्कर्षविहिन भएको छ । बुद्धको मुर्ति राख्न पाउनुपर्ने भन्दै राखेको मागमा सरकारका तर्फबाट वन ऐन अनुसार राख्न नमिल्ने जवाफ आएपछि वार्ता विना निष्कर्ष टुङ्गिएको महासंघका अध्यक्ष नगेन्द्र कुमालले जानकारी दिनुभयो । वार्तामा सरकारका तर्फबाट संस्कृतिमन्त्री रामकुमार श्रेष्ठ लगातय प्रधानमन्त्री कार्यालयका सचिव, गृहसचिव, वन सचिव र पुरातत्व विभाग सचिवको उपस्थिती रहेको थियो । वार्तामा वन ऐन अनुसार काक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न नमिल्ने भन्दै यसको विकल्प खेज्नुपर्ने सरकारी वार्ता टोलीको प्रस्तावलाई जनजाति महासंघ तथा बौद्धमार्गीहरुले अस्विकार गरेका गरेका थिए ।
आजको वार्ताबाट निकास ननिस्केपछि बौद्धमार्गीहरुको मागका विषयमा ठोस निकासका निम्ती आईतबार दिउँसो २ बजे सरकार र जनजाति महासंघ तथा बौद्धमार्गीहरुकावीच वार्ता हुने भएको छ । काँक्रेविहार घटनालाई लिएर जनजाति तथा बौद्धमार्गीहरुले मंगलबार विहान ९ बजेदेखि ११ बजेसम्म सिंहदरबार ठप्प पारेपछि सरकारले वार्तामा बोलाएको थियोे । काँक्रेविहारमा बुद्धको मुर्ति स्थापना गर्न नदिएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएका काँक्रेविहार सरोकार समितिले मंगलबार सिंहदरबार घेराउ गरी ठप्प पारेका थिए । उनीहरुले गरेको सिंहदरबार घेराउले दुईघण्टा सवारी आवागमन ठप्प भएको थियो ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide