Welcome Guest!
twitter facebook rss

,

पैँतीस किलो सुन बरामद


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले गैरकानुनी तरिकाबाट लुकाइछिपाइ ल्याउँदै गरेको ठूलो परिमाणमा आज सुन बरामद गरेको छ । चीनको खासाबाट भारत लैजाने उद्देश्यका साथ ल्याइँदै गरेको ३५ किलो सुन बुधबार विहान प्रहरीले राजधानीको कोटेश्वरबाट बरामद गरेको हो ।
चीनको खासाबाट तातोपानी नाकाहुँदै सामान लिएर काठमाडौँ आइरहेको बा३ख २५७० नम्बरको कन्टेनरको अघिल्लो भागमा फल्स् बटन बनाएर लुकाइ ल्याइरहेको अवस्थामा एक÷एक किलोग्राम तौलका ३५ टुक्रा सुन बरामद गरिएको व्यूरोका निर्देशक प्रहरी नायब महानिरीक्षक प्रकाश अर्यालले जानकारी दिनुभयो ।

सिन्धुपाल्चोक जिल्ला तातोपानी गाविस–८ का कन्टेनर चालक २४ वर्षीय निमा छिरिङ तामाङसमेतको संलग्नता भएकाले उनीमार्फत मुख्य कारोबारीको खोजतलास भइरहेको तथा कारोबारमा संलग्न केहीको पहिचानसमेत खुलिसकेको व्यूरोले पत्रकार सम्मेलनमार्फत जनाएको छ । तातोपानी नाकाहुँदै काठमाडौँ ल्याइरहेको उक्त कन्टेनरमा ठूलो परिमाणमा सुन राजधानी भित्रिँदै छ भन्ने व्यूरोले सूचना पाएपछि उक्त कन्टेनरलाई प्रस्थान विन्दुबाटै पछ्र्याउदै आएको ब्युरोले जनाएको छ । 

   यसैबीच, प्रहरीले विल बिजक विनाको ३५ किलो सुन तस्करीमा संलग्न रहेको आशंकामा तीनजनालाइ पक्राउ गरेको छ । सुनका धनी भनी खुल्न आएका काठमाडौँ महानगरपालिका–६ बस्ने ५७ बर्षीय ग्याम्जो लामालाई बौद्धबाट, सुनसरी जिल्ला धरान नगरपालिका–२ बस्ने ४७ बर्षीय मोहन कुमार अग्रवाललाई काठमाडौँ महानगरपालिका–३२ कालिकास्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
उक्त सुन ओसारपसारमा प्रत्यक्ष संलग्न देखिएका गाडीका धनी सिन्धुपाल्चोक जिल्ला तातोपानी–४ घर भई बौद्ध टुसाल बस्ने ४२ बर्षीय नाङगेल भन्ने ओम बहादुर बज्राचार्यलाई समेत काठमाडौ माईतीघर मण्डलाबाट पक्राउ गरेको छ । बरामद सुन सहित उनीहरुलाई प्रहरी आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहरभवनमा पठाएको प्रहरलिे जनाएको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide