Welcome Guest!
twitter facebook rss

,

पानी प्रशोधन गर्नेगरी सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्ने सम्झौता


काठमाण्डौ उपत्यकाको लागि खानेपानीको दीर्घकालीन विकल्प ठानिएको मेलम्ची खानेपानी आयोजना कहिले बन्ने भन्ने यकिन नभएपनि दैनिक साढे आठ करोड लिटर पानी प्रशोधन गर्नेगरी सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गर्न सम्झौता भएको छ । सहरी विकास मन्त्रालयका अनुसार ग्लोबल टेन्टर मार्फत छनोट गरिएको कम्पनीमा अस्ट्रियाको भा टेक वाबाग लिमिटेडले पानी प्रशोधनको जिम्म लिने भएको हो ।
छनोटमा परेका ती कम्पनी र मेलम्ची खानेपानी विकास समितिबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । समितिका कार्यकारी निर्देशक कृष्णप्रसाद आचार्य र कम्पनीका तर्फबाट एस नटराजले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो । सम्झौता अनुरुप कम्पनीले २७ महिनाको अवधिमा पानी प्रशोधन केन्द्र निर्माण गरिसक्नुपर्नेछ ।
कार्यक्रममा सहरी विकासमन्त्री छविराज पन्तले नेपाल सरकारले उच्च प्राथमिकता दिएको मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्न सरकारका तर्फबाट सबै काम समयमै सम्पन्न गर्दै आएको जानकारी गराउनुभयो । उहाँले आयोजनालाई सहयोग गर्न स्थानीय समुदायलाई आग्रह पनि गर्नुभयो ।
मुख्यसचिव लीलामणि पौडेलले राजधानीवासीको अपेक्षाअनुरुप आयोजनाले आफ्ना काम समयमै सम्पन्न गर्न ध्यान दिने विश्वास व्यक्त गर्नुभयो । सहरी विकास मन्त्रालयका सचिव किशोर थापाले आयोजनाको अर्काे महत्वपूर्ण पक्षको रुपमा रहेको मेलम्चीको सुरुङ खन्ने कार्यसम्बन्धी सम्झौता पनि आगामी हप्ता हुने जानकारी दिनुभयो ।
आगामी २०७३ वैशाख १ गतेसम्ममा उपत्यकावासीलाई मेलम्चीको पानी उपलब्ध गराउने सहरी विकास मन्त्रालयले लक्ष्य लिएको छ । एसियाली विकास बैंक, जापान सरकारलगायत विभिन्न दातृ समुदायको आर्थिक सहयोग प्राप्त हुँदै आएको सो आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्न सहरी विकास मन्त्रालयले नयाँ समयसीमा निर्धारण गरेको छ ।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide