Welcome Guest!
twitter facebook rss

,

आमाले आफ्नै तीन महिने शिशुको दुबै खुट्टा छिनाइन्


धादिङ - मानसिक सन्तुलन गुमाएकी एक आमाले आफ्नै तीन महिने शिशुको दुबै खुट्टा छिनाएकी छिन्। हिजो दिउँसो पौने चार बजेतिर ढोला–२, तीनघरे, धादिङकी-२९ वर्षिय बिरकुमारी दुवाडीले तीन महिनाकी छोरी बिमकुमारीको धारिलो हतियार प्रयोग गरी दुवै खुट्टाको गोलीगाँठो भन्दा तलको भाग छिनाएकी हुन्।

अचानोमा राखेर दुबै खुट्टा छिनाएपछि गाउँ नजिकैको पसलमा पुगेर आफुले बच्चाको खुट्टा काटेको भन्दै हिँडेको स्थानीयले जानकारी दिए। यस्तो खालको गम्भीर घटना थाहा पाएपछि गाउँमा हल्लिखल्लि मच्चिएको थियो। स्थानीयले तत्काल स्थानीय प्रहरीलाई खबर गरेका थिए। घाइते बच्चा र आमा दुवैलाई गाउँलेले साँझ जिल्ला अस्पताल धादिङबेसी पुर्याथएका थिए। जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं रिफर गरिएको नाबालिकाको उपचार शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख डिएसपी अशोक सिंहले जानकारी दिए।
घरका अन्य मानिस काममा गएको बेला घटना भएको स्थानीय योगेश्वर आर्यालले बताए। सात वर्षदेखि मानसिक सन्तुलन गुमाएकी ति महिलाले हाल औषधि सेवन गरिरहेको जिल्ला अस्पताल स्रोतले बतायो। उनले यसअघि पनि घरमा आगो लगाउने लगायतका काम गरेको स्थानीय बताउँछन्। तीन सन्तानकी आमा दुवाडीका यस अघिका दुई सन्तान उनी बिरामी परेपछि एक गैर सरकारी संस्थाले पढाउने र पाल्ने जिम्मा लिएको छ। तीन महिनाअघि मात्र जन्माएको शिशुको निर्ममता पूर्वक दुबै खुट्टा छिनाएर हिँड्दा पनि उनमा कुनै पश्चातापको संकेत थिएन्। छोरीको खुट्टा काटेपछि गाउँमा पुगेकी उनले साँझ त्यही मासु पकाएर खाने भन्दै गाउँ डुलेको अर्याल बताउँछन्।
शिशुको साथमा छिनाइएका दुवै खुट्टा प्लाष्टिकमा पोको बनाएर ल्याइएको थियो। छिन छिनमा कुरा बदलिरहने मानसिक रोगी दुवाडीलाई किन काटेको, काट्न हुन्थ्यो वा हुने थिएन कुनै प्रवाहनै नभएको धादिङ अस्पतालमा कार्यरत रविना सिलवाल बताउँछिन्। आमा र शिशु दुवैलाई उपचारका निम्ति उनका पति कुमारका साथ अस्पतालले काठमाडौं रिफर गरेको सिलवालले जानकारी दिइन्।

हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?

">See all videos'); document.write('

<\/script>"); ?max-results=8">Video Category

'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");

Template

dailyvid


samabesionline.com. Powered by Blogger.

Search This Blog

सबैभन्दा बढि पढिएका

Latest Posts

Sponsored By

Featured Video

Our Sponsors

Our Sponsors

Visit Nepal Info and Guide