National news,
सवारी दुर्घटनामा ७ जनाको मृत्यु
Posted by Unknown
Published on Monday, July 15, 2013
३१ आषाढ ।धादिङ, सिराहा र कैलालीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । आज अर्घाखांचीबाट काठमाडौं आउंदै गरेको लु १ ख ७३ ३३ नं को बस पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाक्रेमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
अन्य १५ जना घाईते भएका छन् । मृत्यु हुनेमा अर्घाखांची रनपाने–४ का पुरन बुढाथोकी, अर्घाखाची सीमपानी–५ का देव बहादुर पुन र अर्घाखांची खिन्जी–१ का राधा पौडेल रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ । घाईतेहरु १५ जना मध्ये १२ जनाको काठमान्डौंका बिभिन्न अस्पतालहरुमा उपचार भैरहेको छ । बस अनियन्त्रित भई थाँक्रे नजीकै जुँगेखोलामा सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
यस्तै सिरहामा ट्याक्टर पल्टिँदा तीन जनाको ज्यान गएको छ भने अन्य ११ जना घाईते भएका छन् । सिरहाको कचनारीबाट महोत्तरीको पडोल स्थान तर्फ जादै गरेको ना ४ त ४७ ४३ नम्बरको ट्याक्टर आज विहान कर्जनामा दुर्घटना हुँदा सिरहा ईटाटार ३ का मुकेश यादव, ईटाटार ४ का रामसति देवी यादव र जिझौलकी गुलाब देवी यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
यता कैलालीको धनगढी स्थित शिवनगरमा गएराति जीप र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार ४८ वर्षीय तीलादेबी चन्दको मृत्युको भएको र चालक केशब चन्द घाईते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । ना २ च ३५५४ नम्बरको जीप र से १ प १०८४ नम्बरको मोटरसाईकल एक आपसमा ठोक्कीएको थिए ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...






