Intertainment,
महानायक राजेश हमाल ४९ वर्षमा प्रवेश
Posted by Unknown
Published on Sunday, June 9, 2013

काठमाडौ, जेष्ठ २६ नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल आईतबारदेखि ४९ वर्षमा प्रवेश गरेका छन् । सन् १९८५ देखि चलचित्र क्षेत्रमा कार्यरत हमालले जन्म पाल्पामा भएको हो । रुसका लागि नेपाली राजदुत बुवा चुडाबहादुरसँगै बसेर माध्यमिक तह पार गरेका हमालले निम्न माध्यमिक तहको अध्ययन पाल्पाबाटै सकाएका हुन् ।
उनी भारतको चण्डिगढ यूनिभर्सिटीबाट अंग्रेजी साहित्यमा स्नोकोत्तर छन् । सन् १९८८ मा यूगदेखि युगसम्म नामक चलचित्रबाट नेपाली चलचित्रमा डेब्यू गरेका हमालको कयौं फिल्म फ्लप भएपनि उनको क्यारिअरलाई कुनै असर गरेन् ।
उनले आफ्नो डेब्यू चलचित्रसँग बिभिन्न चलचित्रबाट दर्जन बढी राष्ट्रिय अवार्डसाथै बिशेष सम्मान र पुरस्कार पाएका छन् । अविवाहित हमालले यो बर्ष प्रेमीका मधुसँग विहेको चर्चा छ । फिल्मी क्यारिअर सुरु गरेको तेस्रो बर्षमै गरेको देउता चलचित्रको अभिनयबाट उनको लोकप्रियता चुलिएको थियो । कलेजको आवारा केटाको अभिनयले यी सालिन व्यक्तित्वको अभिनेताको क्यारियरलाई उकालो लगाएको हो । त्यसपछि उनले काम गरेको पृथ्वी, जीवनसंघर्ष, चण्डाल, माटो बोल्छ, जुनतारा, कान्छा,नगद नारायणजस्ता चलचित्रले उनलाई नेपाली चलचित्र क्षेत्रका आइकनको रुपमा चिनायो । उनी नेपाली चलचित्र क्षेत्रका एकमात्र सुपरस्टार हुन् ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





