breakingnews,
आउँदा ग्यास, फर्किदा गाँजा
Posted by Unknown
Published on Friday, July 27, 2012
१३ साउन, वीरगञ्ज । भारतबाट एलपी ग्याँस लिएर भित्रने गाडी फर्किदा बुलेट (ग्यास राख्ने भाँडो) मा गाँजा/चरेस बोकेर जाने गरेको पाईएको छ ।
गाँजा ओसारपसारमा प्रहरीले कडाई गरेपछि कारोवारीले ग्यास खन्याएर रित्तो र्फकने गाडीमा अवैध रुपमा निकासी गर्न थालेको पाईएको हो । सीमावर्ती रक्सौलस्थित भारतीय भन्सारले ग्यास खन्याएर फर्केको गाडीबाट हालै १ सय ८२ किलो (स्थानिय बजारमा सात लाख रुपैँया मूल्यको) गाँजा बरामद गरेपछि तस्करीको नयाँ तरिका खुलेको हो ।
सुराकीको आधारमा भन्सारको टोलीले मोतीहारी नजिक एचआर ६९-७३८० नम्बरको ग्यास बोक्ने गाडीबाट गाँजा बरामद गरेको रक्सौल भन्सारका प्रमुख जीसी यादवले जानकारी दिएको खबर कान्तिपुर दैनिकले छापेको छ । यादबका अनुसार ग्यास खन्याएर र्फकने गरेका गाडीमा केही सामान भए नभएको जाँच्न लड्ठीले बुलेटमा हानेर जाँच गरिन्छ । रित्तो र लोड भएको अवस्थामा फरक/फरक आवाज आउने भएकाले यस्तो तरिका अपनाईएको हो । तर, ‘हामीलाई झुक्याईएको हनु सक्ने देखियो,’ उनले भने ।
वीरगञ्जका एक गाँजा कारोबारीका अनुसार भन्सार कर्मचारीहरुलाई झुक्याउन उनिहरुले बुलेटको आधाभाग मात्र गाँजा भर्ने गरेको पनि बताएका छन् । रवरको ट्युवले बाँधेर काटुन टेप लगाई त्यसलाई यता उता हुन नदिने गरि राखिने गरेको पनि व्यापारीहरुको भनाई छ ।
वीरगञ्जमा एक किलो गाँजा तीन देखि पाँच सयसम्ममा विक्ने तर सोही गाँजालाई भारतमा पुर्याउन सके एकहजार पाँचसय भारतीय रुपैयाँमा विक्रिहुने गरेको छ ।
हाम्रो पोष्टको बारेमा कुनै प्रतिक्रिया छ की ?
">See all videos');
document.write('
<\/script>"); ?max-results=8">Video Category
'); document.write("?max-results="+numposts3+"&orderby=published&alt=json-in-script&callback=showrecentposts4\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
?max-results="+numposts4+"&orderby=published&alt=json-in-script&callback=showrecentposts6\"><\/script>");
Template
dailyvid
samabesionline.com. Powered by Blogger.
Search This Blog
सबैभन्दा बढि पढिएका
-
२६ असोज, काठमाडौं । अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अन्तर्राष्ट्रिय मुद्राकोषको आवासीय कार्यालय नेपालमा खोल्न विश्व बैंकका उपमहानिर्देशक...





